वाङ्लामा एमालेको चुनावी भेला सम्पन्न | परमादेश सरकार मुलुकको भार बन्यो : रायमाझी (तस्बिरहरु)

दीपक भुसाल 
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  नेकपा एमालका केन्द्रीय सचिव टाेपवहादुर रायमाझीले नेकपा एमाले प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न एक्लै अब्बल  रहेको र परमादेश सरकार देशको निम्ति भार भएको  वताउनु भएको छ । 
नेकपा एमाले  सन्धिर्खक नगरपालिका ५ नं वाङ्ला वडाद्वारा आयाेजित वडास्तरीय भेला ,प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रम बाेल्दै उक्तकुरा बताएका हुन  साथै सम्पूर्ण पार्टी सदस्य हरुलाइ आगामी चुनाव केन्दित हुन र नेकपा एमालाइ देशै भरिनै जस्तै सनपा ५ मा पनि बिजय गाराउन सबै एकजुट भएर जनताको घरघरमा गएर एमाले गरेका विकाश निर्माण मा काम हरुकाे प्रचारप्रसार र कांग्रेसि हरुकाे गरेकाे कुकर्मकाे भन्डाफोर गर्ने आवन गर्नु भयाे उक्त कार्यक्रम मन्तव राख्दै केन्द्रीय सदस्य  चेतनारायण आचार्य तथा पार्टी जिल्ला अध्यक्ष पितवर भुसाल जिल्ला सचिव ताेज बहादुर रायमाझी , लागएत वक्ता हरुले मुलुकको समृद्धि र बिकासको लागि जनताले नेकपा एमालेलाई बलियो साथ दिएको भन्दै  आसन्न निर्वाचनमा एमालेले भारी बहुमत ल्याउने दावी समेत गर्नुभयो | नेकपा एमाले सन्धिखर्क-५ द्वारा आयोजित वडास्तरीय भेला  ,प्रशिक्षण तथा  पार्टी प्रवे तथा कार्यक्रममा मन्तव्य राख्दै उक्त कुरा बताउनु भएकाे हाे  
नेकपा एमाले ५ नं. वडा कमिटीका अध्यक्ष डिलाराम बन्जाडे  अध्यक्षता उपाध्यक्ष सुरेन्द्र अधिकारीकाे सन्चालन  युवा नेता दिपक भुसालकाे  स्वागत मन्तवमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य चेतनाराआर्चाय , पार्टीका अर्घाखाँची जिल्ला अध्यक्ष पितावर भुसाल ,जिल्ला सचिव ताेज बहादुर रायमाझी  भुसाल ,जिल्ला कमिटी सदस्य शाेभाखर पन्थि , सन्धिर्खक नगर कमिटी उपाध्यक्ष शिव अधिकारी , सदस्य ढुण्डिराज अधिकारी ,स न पा ४ का पार्टि अध्यक्ष जनार्जन खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा ५ नम्बर वडा बाट नेपालि कांग्रेस  परित्याग गरि १७ जना लाई  नेकपा एमाले पार्टीमा स्वागत गरिएको वडा उपाध्यक्ष  सुरेन्द्र अधिकारीले जानकारी दिनुभयाे । 

अन्य समाचारहरु