भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको छ ।
स्थानीय चुनाव २०७९ को लागि प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको हो । चैत १ गते प्रकाशित सूचना अनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ ।
चर्को घाममा उनीहरु दरखास्त बुझाउने लाइनमा देखिन्थे ।अर्घाखाँचीमा कुल ८ सय ४६ जना म्यादी प्रहरी भर्ना गरीने छ । ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ ।