भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिकको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई 
नुवाकोट, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले आफुहरुको पहिलो कार्यकालमा विकासको जग बसालेको दाबी गर्नुभएको छ । 
आफुहरु जनप्रतिनिधि भएर आएपछि चौरबाट सेवा सुरु गरेको भुमिकास्थान नगरपालिकाले भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै समग्र क्षेत्रमा विकासको जग बसालेको उहाँको दाबी छ ।
 भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिकको प्रगति समिक्षालाई सम्बोधन गर्दै उहाँले  यस्तो दाबी गर्नुभएको हो । कार्यक्रममा नगर उपप्रमुख खडानन्द वेल्वासे,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्री र नगर प्रवक्ता बावुराम पन्थीले नगरको स्रोत र नागरिकको आवस्यकता अनुसार सेवा प्रवाहलाई चुस्त,दुरुस्त र सहज बनाउने काममा आफुहरु लागि परेको बताउनुभएको छ । 
नगर स्तरिय राजनितिक दलका नेताहरु,नगरपालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य,बिभिन्न शाखाका कर्मचारीहरु,पत्रकार लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा नगरपालिकाको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल,शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा,आन्तरिक लेखा परिक्षण अधिकृत हिमा न्यौपाने,प्रधानमन्त्री स्वरोजगार संयोजक पुश्कर मिश्र,स्वास्थ्य शाखा प्रमुख शुरेश गैरे,उद्योग शाखा प्रमुख शंकर अधिकारी,कृषि शाखा प्रमुख गौरब बन्जाडे,पशुसेवा शाखा प्रमुख यमुना थापा,महिला तथा बालबालिका शाखा प्रमुख शान्ता आचार्य र १० वटै वडाका सचिवहरुले दोस्रो चौमासिक प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले प्रस्तुत गरेको तथ्याकं अनुसार भुमिकास्थानमा गत साउन देखि फागुन सम्म ६० प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत आर्थिक प्रगति भएको देखिएको छ । यस्तै भुमिकास्थानमा बसाइसराइको समस्या जटिल बनेको पनि तथ्याकंले देखाएको छ । 
पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले पनि मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शेषकान्त घिमिरे ओसनले गर्नुभएको थियो ।

अन्य समाचारहरु