केशब खड्का
वाङला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -४ वाङलाको देउराली डाँडामा पहिलो पटक बस पुगेको छ ।
वाङलाको देउराली डाँडामा स्तरिय मार्ग बनाई पहिलो पटक बस पुगेको हो । पहिलो पटक बस पुगेपछि स्थानियबासीमा खुशीयाली छाएको छ ।
बस धनि गणेश बस्नेतको लु २ ख २४७ नम्बरको बस चालक रमेश नेपालले चलाएर देउराली डाँडामा पुराएका थिए । स्थानिय बासीले बस, बस धनि र चालकलाई अबिर फुल मालाले स्वागत गरेका थिए ।