सन्धिखर्कमा डिजिटल माध्यमबाट घरको नक्सा पास प्रमाण पत्र वितरण गर्न शुरु

सागर महत  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकाले आज बाट डिजिटल माध्यमबाट घरको नक्सा पास प्रमाण पत्र वितरण गर्न सुरु गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाण पत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले यो अभियानको उद्घाटन गर्नुभएको हो । डिजिटल नक्सा नहुँदा केरमेट हुने,हराउने,आगोलागी बाट क्षती हुने जस्ता समस्या आएकोले यो अभियान सुभारम्भ गरेको नगरप्रमुख भुसालले बताउनुभयो ।
नगरपालिका भित्र १५ सय वटा नक्सा रहेकोमा अब कर्मचारी राखेर भएपनि सबैलाई डिजिटल बनाउने अभियान सुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याले जानकारी दिनुभयो । 
यस्तै ग्रिन स्मार्ट सन्धिखर्क कार्यक्रमको लागि प्रदेश सरकारबाट २ करोड बजेट नगरपालिका लाई परेको प्रमुख प्रशासकिय अधिकृत अर्याले जानकारी गराउनुभयो ।कार्यक्रममा नगरपालिका योजना शाखा प्रमुख नारायण पोखरेल लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु