भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ वडा कार्यलयको आयोजनामा महिला सशक्तिकरण कार्यक्रम सन्धिखर्क शान्ति बगौचाको योगाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नं १ का वडाअध्यक्ष युवराज बञ्जाडेले महिलाहरुले आफ्नो अधिकार खोज्न पोछि पर्न नहुनेमा जोड दिएका थिए । उनले नेपालको संबिधानले प्रसस्त महिला अधिकार सुनिश्चित गरेको भन्दै ति अधिकारको उपयोग कसरी गर्ने भनेर सशक्तिकरण कार्यक्रम आयोजना गरीएको बताएका थिए । साथै उनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नगर्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, वडा सदस्यहरु सुमित्रा मुखिया, आशा परीयार, लक्ष्मण पराजुलि, बलबहादुर रानाभाट पत्रकार अर्जुन भुसाल, समाचारपोष्ट डटकमका प्रधानसम्पादक भिम बिश्वकर्मा लगायत वडा नं. १का महिलारुको उल्लेखनिय सहभागिता रहेको थियो ।
यस्तै अधिबक्ता जगन्नाथ भुसाल, अधिबक्ता बिजय के.सी, जिल्ला अदालत अर्घाखाँचीकी बैतानिक अधिबक्त पबित्रा बञ्जाडे भट्टराई लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष युबराज बञ्जाडेको अध्यक्षता, लक्ष्मण पराजुलिको स्वागत मन्तब्य र वडा सचिब धर्म भुसालको संचालनमा सम्पन्न भएको थियो ।