ठाडाबाट गठवन्धनले संयुक्त चुनावी कार्यक्रम शुरु गरे | जिल्लाका सबै प्रमुख, उपप्रमुख सहित सबै वार्ड जित्ने उद्घोष

विक्रम आचार्य 
ठाडा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आज पाँच दलिय गठवन्धनको सयुक्त नगर स्तरिय बैठक सम्पन्न भएको छ ।
माओवादी केन्द्र नगर अध्यक्ष मणि अधिकारीको अध्यक्षतामा वसेको बैठकमा नेपाली काग्रेसका जिल्ला सभापति केशब श्रेष्ठ, महाधिवेसन प्रतिनिधि तथा नगर प्रमुख सूर्य प्रसाद अधिकारी ,नगर सभापति मोहन पन्थी , माओवादी केन्द्रकी केन्द्रिय सदस्य शुशिला सेर्पाली, नगर इन्चार्ज बिवेक गैरे ,शितगंगा नगर उपप्रमुख टिका रेश्मी , एकिकृत समाजवादीका केन्द्रिय सदस्य पिताम्बर सारु, जिल्ला अध्यक्ष राम वहादुर चौवान , जिल्ला कमिटी उपसचिब तथा  नगर इन्चार्ज नारायण शर्मा , नगर अध्यक्ष नारायण वेल्वासे,राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष सेर वहादुर के.सी., नगर अध्यक्ष गोविन्द थापा , जनता समाजवादी पाट्री जिल्ला सचिब जि.बि. दर्लामी लगायत पाँच दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै पाँच दलका नेताले अर्घाखाँचीमा प्रतिगमनले टाउको उठाए लोकतन्त्र आन्दोलनको रक्षामा खतरा देखियका ले सबै पालिकामा प्रमुख उपप्रमुख तथा सवै वडामा एक भएर विजय हासिल गर्नुपर्ने मा एक भएको सन्देश दिए । साथै आफ्ना कार्यकर्तालाई एकजुट भएर अगाडी वढि स्थानिय तहको निर्वाचनमा आफ्नो पक्षमा बिजय हासिल आवश्यक टोल, टोलमा पाँच दलिय गठवन्धन बनाएर लाग्न निर्देशन दिएका छन् ।
कार्यक्रम एकिकृत समाजवादी जिल्ला कमिटी उपसचिब तथा नगर इन्चार्ज नारायण शर्मा को स्वागत मन्तब्य र नेपाली काङ्ग्रेस चार कमिटी सचिब चन्द्रमणि वेल्वासेको सन्चालनमा सम्पन्न भयो ।

अन्य समाचारहरु