दिपेन्द्र श्रेष्ठ
छत्रगन्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । छत्रदेव गाउँपालिका –५ छत्रगन्जको श्री सार्वजनिक माध्यमिक विद्यालयमा बंगालादेश बैंक छत्रगंज शाखाको आयोजनामा वित्तिय साक्षारता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल बंगालादेश बैंक छत्रगंजका शाखा प्रवन्धक श्री जिवन खनालले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउदै बैंक तथा वित्तिय जानकारीको साथै डिजिटल बैंकिङ्गको माध्यमबाट हुने गरेको हुने गरेका ठगीबाट कसरी जोगीन सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो ।
उक्त कार्यक्रमको संचालन कैलाश श्रेष्ठले गर्नुभएको थियो ।