अर्घाखाँचीका दिपक, सरिता पाण्डेले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट संचालनमा ल्याउने

विनोद श्रेष्ठ 
काठमाडौं (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालीका  ८ पालीका दिपक पाण्डे र सरिता पाण्डेले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको एसियाली फिऊजन् खाना सहितकाे रेष्टुरेन्ट संचालनमा ल्याउने भएका छन् । 
पालीका रोम बहादुर पाण्डेका छाेरा बुहारीले काठमाडौंको हात्तिगाैडामा अन्तर्राष्ट्रिय स्तरको एसियाली फिऊजन् खाना सहितकाे ( The Secret Restaurant and bar )संचालनमा ल्याउने भएका हुन् । चैत्र २० गतेदेखि २२ गतेसम्म उद्घाटन हुने भएको छ । 
 बिगत लामाे समय बिदेशका ५ तारे हाेटलहरुमा उत्कृष्ट सेफकाे काम गर्दै आउनुभएका दिपक र सरिता दुबैले नेपाल मै केही गर्नु पर्छ भन्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय स्तरकाे सुबिधा सहित (The Secret Restaurant and bar ) काे सुभारम्भ गर्ने भएका छन् । 
नेपाल मै केही गर्न सकिन्छ र केहि गर्नु पर्छ भन्ने साेचका साथ करिब १० जनालाई राेजगार समेत दिदै काठमाडौकाे हात्तिगाैडामा  रेस्टुरेन्ट संचालनमा ल्याउने उनले बताए । 
रेस्टुरेन्टमा राम्राे पार्किङकाे ब्यबस्था सहित करिब ६० जनालाई  एकै पटक सुबिधा प्रवाह गर्न मिल्ने रेस्टुरेन्टमामा एसियाली फिऊजनका सफा र स्वादिष्ट खाजाका परिकारहरुसंगै  सांगितिक माहाेल सहित  मनाेरन्जन लिन सक्ने छन् । 
साे उद्घाटन समारहाेमा विशेष छुट साथै  बिशिष्ट कलाकारहरुकाे उपस्थित समेत रहने बताइएको छ । 

अन्य समाचारहरु