कमला पाेख्रेल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाको वडा नम्बर १० अर्घाको धरमपानीमा नेपाली कांग्रेसको वडा कार्यालयकाे स्थापना गरिएको छ ।
वडा कार्यालयकाे स्थापना गर्दै नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसालले कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबैलाई अाग्रह गर्नु भयो । नगर सभापति भुसालले कांग्रेसको जित हुने देखेपछि एमालेहरु अतालिएकाे बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति नारायण चुँदाली, प्रदेश प्रतिनिधि प्रेमनारायण अाचार्य, नगर काेषाध्यक्ष केशवराज अाचार्य, क्षेत्रीय प्रतिनिधि भेसबहादुर विसि, श्याम कुँवर , कांग्रेसका नेताहरु कमल बिक, देवकीनन्दन भुसाल , शिव कुवर, भुपाल सिंह रानाभाट, धर्म पाेख्रेल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम वडा सभापति इश्वरी प्रसाद मरासिनीकाे अध्यक्षता , उपसभापति मान बहादुर क्षेत्रीकाे स्वागत र सचिव बाबुराम मरासिनीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।