भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको हरीहर संस्कृत तथा साधारण माध्यमिक विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत “पढ्दै कमाउँदै” कार्यक्रमका लागि छनोट भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधवार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।
अर्घाखाँचीमा उक्त कार्यक्रमका लागि पाणिनी गाउँपालिकाको हरीहर संस्कृत तथा साधारण माध्यमिक विधालयले मात्र प्रस्ताव पेश गरेको शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीका इकाई प्रमुख मनिराम पराजुलिले बताए ।
विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको बैठकको निर्णयानुसार हरीहर संस्कृत तथा साधारण माध्यमिक बिधालयलाई छनोट गरिएको हो ।
देशभरबाट १४० विद्यालय छनोट भएका छन् ।