बसन्त खड्का
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा राष्ट्रिय जनमोर्चाको चुनावी कार्यकर्ता भेला सम्पन्न भएको छ ।
नरपानीमा आज बिहिवार राष्ट्रिय जनमोर्चाको चुनावी कार्यकर्ता भेला सम्पन्न भएको हो ।
यस्तै भेलाले पुर्ण बहादुर चुंदालीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको छ जसको सचिबमा पदम के . सी. र कोषाध्यक्षमा दिपक चुंदाली रहेका छन् ।
भेलाले पदम केसिको संयोजकत्वमा ७ सदस्यीय चुनाव परिचालन समितीको अठन पनि गरेको छ ।यस्तै पुर्ण बहादुर चुदालिको सयोजकत्वमा १०१ सदस्यिय चुनाव प्रचारप्रसार समिति गठन पनि गरेको छ ।
पुर्ण बहादुर चुदालीको अध्यक्षतामा सप्पन्न भेलामा स्वागत मन्तव्य तथा शुभकामना मन्तब्य राख्दै रा ज मो लुम्बिनि प्रदेश समितिका सल्लाहकार शेर बहादुर बि सि , रा ज मो जिल्ला अध्यक्ष थम्मन के सि ,रा ज मो केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल ,अन्टुक का केन्द्रिय उपाध्यक्ष गोबिन्द बि सि ,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपती ढकाल ,अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल ,अक्जिल नेपाल न्महिला संघ नगर सदस्य मिना बि सि , देवि पौडेल ,रा ज मो स न पा ७ का अध्यक्ष दिलदार हुसेन , अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष वसन्त खड्का बामपंथी नेता .पोम बहादुर .परियारले आसन्न निर्वाचनमा जनमोर्चालाइ जिताउदै देश र जनताको भलो हुने पक्षमा लाग्न सबैमा अपिल गरेका थिए ।