अर्घाखाँचीका दुर्गम वस्तीमा संचार

– वीरेन्द्र केसी


सन्धिखर्क , अर्घाखाँची – ढाकावाङकी रुपा खनालको दैनिकी आजभोली फेरिएको छ । घरमा छिटोछरितो काम सकेपछि फुस्रद हुने बित्तिकै उनले टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्न थाल्छिन । गफ गरेर बित्ने समय अहिले विभिन्न टेलिसिरियलहरु हेर्नमा व्यस्त रहदा उनको जीवनशैली नै बदलिदिएको छ ।


टेलिभिजन च्यानलहरु हेर्न लागेको धेरै भएको छैन उनले भनिन तर छोटो समयमा नै धेरै कुरा सिक्ने अवसर पाएकी छु । सामुदायिक विद्युतीकरण योजनाले घर घरमा विजुली पुगेपछि गृहणीको जीवनशैली नै परिवर्तन गरिदिएको हो । सधै चुलो चौको गरेपछि घास काटन र मेलापातमा मात्रै व्यस्त छैनन टेलिभिजन हेर्न थालेपछि धेरै ज्ञान पाएको महिलाहरु बताउछन । रुपाको जस्तै फरक जीवन शैलीमा रमाउदै छ दर्गा पौडेलको परिवार पनि । टेलिभिजन भएपनि एक्लो पन हटेको छ उनले भनिन विजुली आएपछि उज्यालो त भएको नै छ ।


टेलिभिजनबाट नया कुरा सिक्ने र कम्प्युरको माध्यमबाट ईमेल ईन्टरनेटबाट विदेशमा रहेका आफन्तसग अनुहार हेर्दै कुरा गर्न पाउदा विकट गाउका वासिन्दा हर्षित छन । परिवारले नया कुरा जान्ने र सिक्ने सगै बालवालिकाको पढाईमा पनि उत्तिकै सुधार आएको छ । धारापानीकी सुस्मिता केसीले गाउमा विजुली गएपछि सदरमुकामको साईबरमा धाउन छाडेकी छन । रोजगारको लागि दुवै पुगेका आफना भाईसग घरमै बसेर ईन्टरनेटमा अनुसार हेर्दै कुरा गर्न गर्न थालेको बताईन । ६२ वर्षीय हजुरआमा देवका केसीले पनि सुस्मिताले जस्तै छोराको सहायतामा कतारमा रहेका छोरासग अनुसार हेर्दै साचो विसाचोको कुराकानी दैनिक गर्छिन ।


उनले भनिन भारतमा नोकरी गर्ने श्रीमानको छ महिनामा चिठी आउथ्यो तर अहिले छोराको अनुहार समेत देख्न पाउदा अनौठो लागेको छ । द्धन्द्धमा माओवादीले टेलिफोन टावर ध्वस्त पारेपछि जिल्ला साचार सुविधाबाट विाचत हुन पुगेको थियो । शान्ती प्रकि्रया शुरु भएपछि तीन वर्षमै सदरमुकाममा मात्रै नभएर दुर्गम गाउका वस्तीसम्म साचारले छिटै फटको मारेको छ ।


सदरमुकाम देखी ६५ किलोमिटर पश्चिम भेगमा पर्ने यी गाउमा पाच महिना देखी सबैका घर घरमा विजुली केबुल र ईन्टरनेट पुगेपछि गाउलेको जीवनशैली नै फेरिएको छ । जिल्लाका दुर्गम गाउमा विद्युतसगै सबै साचार सुविधा गाउमा पुग्दा स्थानीय दंग छन ।


गाउमा एकान्तमा घर भएकाले पनि एक्लो महसुस हुन्थ्यो ठाडाका सन्तोष नेपालीले भने तर अहिले टेलिभिजन र विद्युतले सबै बिसा्रईदिएको छ । उनले आफनो घरमा ५ हजार खर्चमा विजुली र १५ सय खर्चमा केबुल जडान गरेको बताए । दुर्गम गाउहरु त्यसमा पनि छरिएर रहेका वस्ती सरकारले ठुलै लगानी गरेपनि सीमित घरमा मात्र पुग्ने आशा गरेका गाउका वासिन्दाहरु सामुदायिक विद्युतीकरण योजनाले रुपा र दुर्गाको मात्र होईन जिल्लाका ३२ गाविसका झण्डै १४ हजार मध्ये अधिकाशको जीवनशैलीमा नै आमुल परिवर्तन गरिदिएको छ । विजुली पुगेपछि धेरैका घरमा टेलिभिजन ईन्टरनेट प्रविधि गाउका दुर्गम वस्तीसम्म पुगेको छ । जयमातादी कुबुल नेटवर्क प्रालिका साचालक गोपाल अर्यालका अनुसार सन्धिखर्क बाहेक ११ गाविसमा केबुल पुगेको छ । खिल्जी गाविसमा साचालन भएको सुपा देउराली केबल नेटवर्कले पनि २ गाविसमा केबुल सेवा प्रदान गरेको छ ।


गाउमा विुजुलीको लाईन पुगे लगत्तै केबुल जोडन गर्न माग आउने अर्याल बताउछन । दुई केबुल मार्फत ४२ गाविस रहेको जिल्लामा १३ गाविसमा झण्डै ९ सय घर दुरीमा पचास भन्दा बढी च्यानल सहितका केबुल पुगेको साचालकहरु बताउछन । सहरमा मात्रै नभएर दुर्गमा वस्तीसम्म विजुली पुगेपछि विदेश जाने युवामा समेत कमी आएको छ । गाउमा ईन्टरनेट कम्प्युटर केबुल कम्पनीहरुले युवाहरुको आम्दानी बढाएपछि युवा गाउमै केन्द्रित हुन थालेको बल्कोटका स्थानीय विष्णु प्रसाद भुसाल बताउछन । गाउका बजारमा जस्तै फर्निचर उद्योगहरु पनि खुल्ने क्रम बढदो छ । गाउका दुर्गम वस्ती ठाडा सितापुर खिल्जीधनचौर पाकु खनहद ढाकावाङ धारापानी असुरकोटबल्कोट लगायतका गाउमा विजुली टेलिफोन केबुल र ईन्टरनेट प्रविधि पुगेको छ । जिल्लामा साचालन भएका फास्ट नेट सर्भिस र वर्ल्डलिन्क नेट प्रालिले गाउका दुर्गम वस्तीमा वायरलेस प्रविधि मार्फत ईन्टरनेट सेवा प्रदान गरेका छन ।


वर्ल्डलिन्कका साचालक सुरज भण्डारीका अनुसार सदरमुकामसगै जिल्लाका १० दुर्गम गाउका ईन्टरनेट सेवा पुगेको छ । गाउमा ईन्टरनेट सेवा पुगेपछि कम्प्युटर ई_िन्स्टयुसन खोलेर ईमेल ईन्टरनेटको पसल चलाएर मासिक २० हजार भन्दा बढी आम्दानी गर्ने युवाहरुको सख्या दर्जन भन्दा बढी रहेको छ । भण्डारीका अनुसार गाउमै बसेर सस्तोमा ईन्टरनेट फोन र कम्प्युरबाट विदेशमा रहेका आफन्तको तस्वीर हेर्दै छोराहरु सग कुरा गर्न पाउदा बुढाबुढी श्रीमती देखी घरपरिवार समेत दग छन । त्यस्तै विद्युतीकरणले जिल्लाका ३२ गाविसमा टेलिफोन सुविधा पुगेको छ भने ४२ गाविसमा स्काई र नमस्ते मोवाईल सेवा पुगेको छ । टेलिकम प्रमुख गोविन्द पराजुलीका अनुसार जिल्लामा नमस्ते र स्काई मोवाईल सेवाले सबै गाविसमा सेवा पर् ुयाएको छ । सुविधा पुग्न नसकेका केही गाउमा तत्काल सेवा पर् ुयाउने योजना रहेको उनले बताए । जिल्लाका १० ठाउमा टावर निर्माण भएका छन आवश्यकता अनुसार टावर थप गरिने उनले बताए ।


जिल्लामा अहिले ३५ हजार भन्दा बढी मोवाईल प्रयोगकर्ता रहेका छन । मेरो मोवाईलका पनि पाच सय भन्दा बढी प्रयोग कर्ता छन । गाउमा विद्युत सगै कम्प्युटर शिक्षा पनि अधिकाश विद्यालयमा पुगेका छन । सामुदायिक विद्युतीकरणले जिल्लाका १० विद्यालयमा कम्प्युटर शिक्षाका कक्षा शुरु भएका छन भने जिल्लाका २५ माविमा पनि साचालन हुने तयारी रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणी खनालले बताए । गाउका अधिकाश विद्यार्थी महिला र बुहारीहरुले पनि कम्प्युटर शिक्षा सिक्नेको सख्या बढदै गएको छ ।


विद्युत प्राधिकरण अर्घाखाची शाखाका प्रमुख श्यामलाल नेपालीका अनुसार जिल्लाकै विकट सिद्धारा सिमलपानी जलुके हंसपुर धारापानी ढाकावावाङ लगायतका गाविसमा सामुदायिक विद्युतीकरण योजनाबाट गाउमा विद्युत विस्तार हुदैछ । जिल्लाका ४२ गाविस मध्ये ३२ गाविसमा विजुली पुगेको छ । पाच वर्ष भित्रमा सबै गाविसमा विद्युत सेवा पुर् याउने लक्ष्य रहेको छ । सामुदायिक विद्युतीकरण योजनाबाट २० प्रतिशत रकम उपभोक्ताले लगानी गरेपछि ८० प्रतिशत सरकारको तर्फबाट लगानी गर्ने भएपछि गाउमा विद्यतीकरण गर्न स्थानीयको माग अत्यधिक रहेको नेपालीको भनाई छ । विद्युत प्राधिकरणका अनुसार यो योजनामा प्राधिकरणले तोकेको ७ रुपैया ३० पैसा मध्ये प्राधिकरणलाई ३ रुपैया ६० पैसा दिए पुग्छ ।

अन्य समाचारहरु