राज पाण्डे
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं.- ८ साविक वार्ड २ पालीमा नेपाली कांग्रेसको चुनावी भेला तथा टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।
भेलाले कृष्ण जिसीको नेतृत्वमा २९ सदस्य समिती गठन गरेको छ ।
त्यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले हालै पास गरेको दीर्घ बीमारीको लागि प्रदान गरिने मासिक ५००० हजार प्रदान गर्ने निर्णयको प्रशंसा पनि गरेको छ ।
सधैं जनताको लागि काम गर्ने र नेपाली काङ्ग्रेसलाई यसपालीको चुनाबबाट बिजयी बनाई जनताको सेवा गर्ने मौका दिन समेत कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।