अर्घाखाँचीमा एमालेको दोस्रो पुर्ण बैठक सम्पन्न | एमालेको जित सुनिश्चित छ: रायमाझी

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभएको छ । 
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको दोस्रो पुर्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले नेपाली जनताको आसा र भरोसाको केन्द्र नेकपा एमाले भएको बताउनुभयो । वर्तमान गठबन्धन सरकार बिकास बिरोधि भएको भन्दै  उहाँले सरकार बनेको छोंटो समयमै मुलुकको अबस्था निक्कै संकटग्रस्त भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले अलोकतान्त्रिक गठबन्धन स्वार्थ समुहको झुन्ड भएको बताउनुभयो । सिद्धान्त र बिचार बाहिर गएर केवल स्वार्थ र सत्ता लिप्साको निम्ति गरिएको गठबन्धन कुहिएको फर्सी जस्तै भएको उहाँको भनाइ थियो ।
एमाले केन्द्रीय सदस्य बोमबहादुर बि.क.ले परमादेश सरकार देश र जनताको निम्ति बाधक रहेको बताउनुभयो ।  गठबन्धन सरकार हालसम्मकै असफल सरकार भएको  उहाँको भनाइ थियोे ।
 केन्द्रीय सदस्य चेतनारायण आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा लाग्न कार्यकर्तालाई अग्रह गर्नुभयो । यो निर्वाचन अन्य निर्वाचन भन्दा फरक रहेको भन्दै उहाँले सुशासन ,बिकास र समृद्धिको निम्ति यो निर्वाचन नेकपा एमालेले जित्नै पर्ने बताउनुभयो । 
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय परिषद् सदस्य द्वय नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटी सदस्य जाल्पा भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
बैठकले चुनाव केन्द्रित योजना निर्माण गर्नुका साथै आसन्न चुनावमा आफ्नो पार्टीका उम्मेदवार लाई विजयी गराउने रणनीति तय गरेको छ । साथै बैठकले मतको हिसाबले नेकपा एमाले अन्य राजनितीक दलहरु भन्दा माथि रहेको संश्लेषण गर्दै जनतालाई पार्न सक्ने भ्रम र लाल्चना प्रति सचेत रहन कार्यकर्तालाई आबह्वान समेत गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु