राष्ट्रपति रामबरण यादबले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं, जेष्ठ २२ – राष्ट्रपति रामबरण यादबले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थितिबारे शनिबार जानकारी लिएका छन् ।

 

उनको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति यादव थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करीब १५ पन्ध्र मिनेट अस्पतालमा बिताएका यादवसँग नेता भट्टराई ठट्टासमेत गरेका थिए ।

 

मृगौला र मुटु रोगबाट पीडित ८४ वर्षीय भट्टराईलाई दुई दिन अस्पताल भर्ना गरिएको थियो । हालको उनको स्थिति सामान्य रहेको उपचारमा संलग्न चिकित्सक भरत रावतले जानकारी दिए । उनका अनुसार अझै उनलाई २-३ अस्पतालमै राखिने छ ।राष्ट्रपतिले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।