सन्धिखर्कमा मसाल निकट युवा -विद्यार्थीको चुनाव परिचालन समितिको बैठक सम्पन्न

गोपाल प्रसाद भट्टराई 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी बनाउन युवा विद्यार्थीहरु सक्रिय भएर लाग्न राजमोका नेताहरुले आग्रह गरेका छन् । 
मुलुकको रक्षा,जनताको मुक्ति र उपलब्धिको संरक्षणको निम्ति राजमोको आवश्यकता भएकोले पार्टीका उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्न आग्रह गरेका हुन् । 
राजमो निकट युवा विद्यार्थीको चुनाव परिचालन समितिको आज सन्धिखर्कमा सम्पन्न बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । युवा÷विद्यार्थी परिचालन समितिका संयोजक कुलराज खनालको अध्यक्षता र अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुवरको सहजीकरणमा सम्पन्न बैठकमा राजमो जिल्ला अध्यक्ष थम्मन केसी,नेताहरू टेक बहादुर थापा र कविराम खनालले प्रशिक्षण दिनुभएको थियो । 
युवा÷विद्यार्थि परिचालन समितिमा आवद्ध युवा विद्यार्थिका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले बैशाख १० गते सम्म जिल्लाको ६ वटै पालिका र भुमिकास्थानका १० वटै वडामा बिशेष प्रशिक्षण भेला सम्पन्न गर्ने निर्णय गरेको परिचालन समितिका सदस्य तथा युवक संघ अर्घाखाँचीका सचिव ठाकुर पन्थीले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु