अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अवैध रुपमा चल्लाहरू बिक्रिबितरण गरेको आरोपमा ४ जना प्रकाउ परेका छन् ।
सन्धिखर्कको बसपार्कमा अवैध रुपमा लेयर्स प्रजातिका चल्लाहरू बिक्रिबितरण गरेको आरोपमा ४ जना प्रकाउ परेका हुन् । साथै १४०० चल्लाहरू नष्ट गरिएको छ ।
लेयर्स प्रजातिका चल्लाहरू अवैध रुपमा बिक्रिबितरण भएको भन्ने बिशेष सूचनाको आधारमा भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, अर्घाखाँचिका प्राबिधिक सहितको टोलीले नियन्त्रमा लिएको प्रहरीले बताएको छ ।
१४०० चल्लाहरू २७ गते भेटेनरी गरेको र सोको ७२ घण्टाको म्याद पनि नागी सकेकोले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभएको छ ।