अर्घाखाँचीडट्कम संवाददाता
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटी-जुकेपानीमा चट्याङले लाग्दा कृषि फर्ममा करिब ८० हजार जतिको नोक्सान भएको छ ।
पटौटी-जुकेपानीमा सौर्य नारायण न्यौपानेले संचालन गरेको जगदम्बा कृषि फर्ममा आज बिहान करिब ४:३० बजे चट्याङका कारण करिब ८० हजार जतिको नोक्सान भएको हो ।
चट्याङले न्यौपानेको घर र फर्ममा गरेको वायरिङ १ फृज साउण्ड सिस्टम र करिब ७० मिटर जति कालो तार जलेर नष्ट भएको छ । साथै फर्ममा रहेका केहि कुखुरा पनि नोक्सान भएका छन् ।
जगदम्बा कृषि फर्ममा अहिले ८०० कुखुरा तयार भएका छन् ।