संसारभर वन संरक्षणको निम्ति बारम्बार स्याबासी पाउने गरेको नेपाल पछिल्लो समय जथाभावी वन विनाशको चपेटामा परेको आरोप
जेष्ठ २२ गते, २०६७ मा प्रकाशित
संसारभर वन संरक्षणको निम्ति बारम्बार स्याबासी पाउने गरेको नेपाल पछिल्लो समय जथाभावी वन विनाशको चपेटामा परेको आरोप वन संरक्षणमा लागेकाहरुले लगाएका छन्।
सामुदायिक वनहरुको व्यवस्थापनमा संलग्न सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार खासगरी तराई र भित्री मधेशका क्षेत्रहरुमा वन विनाशले विकराल रुप लिएको छ।