अर्घाखाँचीको पाँचदलीय गठबन्धनमा गडबड | भागबन्डा नहुँदै धमाधम उम्मेदवार उठाउन शुरु गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धन दलहरुले  धमाधम उम्मेदवार उठाउन शुरु गरेको छ । 
नेपाली कांग्रेस लगायतका गठबन्धन दलहरुले सन्धिखर्क लगायत जिल्लाका सबै स्थानिय निकाय र वार्डमा धमाधम उम्मेदवार उठाउन शुरु गरेको छ । 
यो सँगै जिल्लाका सबै पालिकामा गठबन्धन गर्ने सहमति गरेका पाँच दलबीच गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि खटपट शुरु भएको छ । 
चुनावको मिति नजिकिदै गर्दा गठबन्धनका जिल्ला तहका नेताहरु पटकपटक छलफल, बैठकमा बसे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् । कुनै पनि भागबन्डामा कुरामा निर्णय हुन सकेको छैन् । 
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
यस्तै कांग्रेसले सन्धिखर्क नगरपालिका वार्ड नं. १ काे वार्ड अध्यक्षमा माधव श्रेष्ठ सर्वसम्मत उम्मेदवार चयन गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले  सन्धिखर्क  नगरपालिका वार्ड नम्बर १० को वार्ड अध्यक्षमा मोहन सिह ठकुरीलाई उठाउने भएको छ । 
एमाले धमाधम उम्मेदवार चयनमा
उता जिल्लाभर नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरेको छ । अहिलेसम्म शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका पाणिनी गाउँपालिकामा सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको छ । भने सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिकामा आकाक्षीहरुको नाम सिफारिस गरेको छ ।     
यस्तै शितगंगा नगरपालिकामा नेकपा एमालेले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि शितगंगा नगरपालिका नगर कमिटी बैठकले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भुमिकास्थान नगरपालिकामा नेकपा एमालेले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भुमिकास्थान नगरपालिका नगर कमिटी बैठकले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।      
सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले मेयर पदका लागि ४ जनाको नाम   सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कृष्ण प्रसाल श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठको नाम   सिफारिस गरेको हो । यस्तै उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ ।  
छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम   सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम   सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम  सिफारिस गरेको छ ।  
पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा  टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा  टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेल सिफारिस गरेको छ । 
मालारानी गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम   सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम   सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम  सिफारिस गरेको छ ।  

अन्य समाचारहरु