अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ ।
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।
यस्तै सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा कांग्रेसले वार्ड अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । जसमा माधव श्रेष्ठ सर्वसम्मत उम्मेदवार चयन गरिएको हो । श्रेष्ठ विगत केही वर्षदेखि सक्रिय राजनितिक तथा समाजसेवामा क्रियाशिल रहेका छन् ।