दोस्रो युरोपेली संघ र पाकिस्तानबीचको शिखर सम्मेलन आयोजना

EU President Belgian Herman Van Rompuy (center) and Comission President Jose Manuel Barroso (right) greet Pakistani Prime Minister Yousaf Raza Gilani in Brussels. 

 

दोस्रो युरोपेली संघ र पाकिस्तानबीचको शिखर सम्मेलन हिजो ब्रुसेल्समा आयोजना गरिएको हाम्रा सम्बाददाताले जनाएका छन्। युरोपेली संघ परिषदका अध्यक्ष हर्मान भान रुमपुइ , युरोपेली संघ समितिका अध्यक्ष जोस मानुयल बारोसो र पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीलगायतका दुई पक्षका पदाधिकारीहरुले उक्त सम्मेलनमा भाग लिएका थिए।

             सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री हर्मान भान रुमपुइले पाकिस्तानको विकासले युरोप तथा विश्वकै लागि सीधा भूमिका खेलेको छ, त्यसैले पाकिस्तानसँग रचनात्मक सम्बन्ध विकास गर्न युरोपेली मुलुकका लागि हितकर रहेको कुरा व्यक्त गर्नुभयो। यसका साथै श्री गिलानीले गतवर्ष र यसवर्ष दुई पटकमा युरोपेली संघ र पाकिस्तानबीचको शिखर सम्मेलन आयोजना गरिएको कुराबाट हेर्दा दुई पक्षीय सम्बन्धको विकासमा धेरै महत्वपूर्ण अर्थ रहेको बताउनुभयो।

              यसबाहेक सम्मेलनपछि सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा यस पटकको शिखर सम्मेलनमा दुई पक्षले आतंकबादको विरोध, क्षेत्रीय सुरक्षा र दुई पक्षीय व्यापारिक सम्बन्धबारे छलफल गरेको जनाइएको छ।