एमाले धमाधम उम्मेदवार चयनमा
उता जिल्लाभर नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरेको छ । अहिलेसम्म शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका पाणिनी गाउँपालिकामा सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको छ । भने सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिकामा आकाक्षीहरुको नाम सिफारिस गरेको छ ।
यस्तै शितगंगा नगरपालिकामा नेकपा एमालेले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि शितगंगा नगरपालिका नगर कमिटी बैठकले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भुमिकास्थान नगरपालिकामा नेकपा एमालेले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भुमिकास्थान नगरपालिका नगर कमिटी बैठकले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले मेयर पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कृष्ण प्रसाल श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठको नाम सिफारिस गरेको हो । यस्तै उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ ।
छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम सिफारिस गरेको छ ।
पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेल सिफारिस गरेको छ ।
मालारानी गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम सिफारिस गरेको छ ।