माधव पौडेल
पाणिनी । पाणिनी गाँऊपालिका मा स्थानिय तह को निर्वाचन बैसाख ३० नजिकिए सँगै राजनैतिक चहलपहल बढेको छ ।
पाणिनी गाउँपालिका मा ८ वटा वडा हरु रहेका छन् गत ७४ साल को स्थानीय तह को निर्वाचन मा निकै प्रतिस्पर्धा भएको पाणिनी गाउँपालिका मा ४ वटा वडा एमाले र ४ वटा वडा कांग्रेस ले जितेको थियो भने गाउँपालिका अध्यक्ष कांग्रेस ले र उपाध्यक्ष एमाले ले जितेको थियो ।यो एउटा बरम्बार को अवस्था मा अहिले एमाले ले गाउँपालिका अध्यक्ष को लागि उमेद्वारी को टुंगो लगाए सँगै झन् चुनाबी माहोल तातेको छ ।
ने क पा एमाले ले टेकराज न्यौपाने लाई अगाडि सारेको छ ।
टेकराज न्यौपाने को जन्म वि स २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिका को अडगुरी भञ्ज्याङ मा भएको हो ।उनी विधार्थी जीवन बाटै राजनैतिक क्षेत्र मा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशी मा कक्षा ८ मा अध्यन गर्दा ने क पा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन को सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भए त्यसपछि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षा को लागि भारत गएर अध्यन गरे ।२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यामिक विद्यालय अड्गुरी को विद्यालय व्यवस्थापन समिति को अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालय को छनोट मा मा विद्यालय लाई पार्न सफल भए ।
वि स २०५१ साल मा तत्कालिन अड्गुरी गाविस को तत्कालीन सचिव भए ।वि स २०५४ साल मा अड्गुरी गाविस को ने क पा एमाले को वडा अध्यक्ष को उमेद्वारी सँगै झिनो मत ले पराजित भएका थिए ।वि स २०५९ साल मा ने क पा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ साल मा ने के पा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले ने क पा एमाले पाणिनी गाउँपालिका कमिटी इन इन्चार्ज भएका थिए ।
गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमाले को तर्फ बाट पाणिनी गाउपालिका को अध्यक्ष मा उमेद्वारी दिएका छन् ।उनका चुनाबी एजेण्डा पनि जतालाई प्रतक्ष्य प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायत का क्षेत्र को विकास उनको मुख्य लक्ष्य रहेको छ ।
सालिन स्वभाव बौद्धिक विचार स्पष्ट धारणा सहित जनता को घर दैलो मा पुगेका उनलाई जनता रुचाएका छन् ।उनी पैसा कमाउन को लागि राजनीतिक मा नआएको जनताको सेवा गर्न को लागि आफ्नो उमेद्वारी दिएको बताए ।पैसा कमाउन को लागि उनको आफै व्यापार बुटवल को अमर्पथ मा भाडा पसल रहेको र पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारी ले पाणिनी को स्थानीय तह को चुनाव एकलौटी हुने स्थानीय बताउँछ ।यस अर्थ मा पनि पाणिनी को चुनाव प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।