अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखेका छन् ।
गत हप्तादेखि जारी गठबन्धन दलहरुको बैठक अहिले होटल ओल्ड एभरेष्टमा जारी छ । बैठक स्थलबाट स्रोतले जनाए अनुसार दलहरु स्थानिय तहमा भागबन्डाको सहमती नजिक पुगेका छन् ।
साथै गठबन्धनसँग जारी वार्ताको बारेमा छलफल गर्न साँझ कांग्रेसका नेताहरुको बैठक पार्टी कार्यालयमा बसेको थियो ।
अहिले मापदण्ड बन्दै छ, जसमा पार्टीले आ- आफ्नो मतदाता कति छन् भन्ने बिषयमा आकाडा पेस भएको छ र त्यसमाथि छलफल छ । बाडफाडमा प्रवेस राति अबेरसम्म जाने बताइएको छ । यस्तै सबै पार्टीको मत भार हेरिदै छ मतको आधारमा बाडफाड हुन्छ, र पहिला वार्ड हुँदै पालिका तर्फ छलफल हुने बताइएको छ ।
बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल, एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहान, जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दक खड्का सहभागी छन् ।
दलहरु अहिले पालिका भागबन्डाको अलवा सैद्धान्तिक सहमतिका बिषयमा केन्द्रित रहेका छन् । यस अगाडि चुनावको मिति नजिकिदै गर्दा गठबन्धनका जिल्ला तहका नेताहरु पटकपटक छलफल, बैठकमा बसे पनि निष्कर्षमा पुग्न सकेका थिएनन् । साथै कांग्रेसले पहिला जितेका पालिका शितगंगा, सन्धिखर्क, छत्रदेव र पाणिनीको दावी गर्दै आएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
एमाले धमाधम उम्मेदवार चयनमा
उता जिल्लाभर नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरेको छ । अहिलेसम्म शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका पाणिनी गाउँपालिकामा सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको छ । भने सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिकामा आकाक्षीहरुको नाम सिफारिस गरेको छ ।
यस्तै शितगंगा नगरपालिकामा नेकपा एमालेले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि शितगंगा नगरपालिका नगर कमिटी बैठकले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भुमिकास्थान नगरपालिकामा नेकपा एमालेले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भुमिकास्थान नगरपालिका नगर कमिटी बैठकले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले मेयर पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कृष्ण प्रसाल श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठको नाम सिफारिस गरेको हो । यस्तै उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ ।
छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम सिफारिस गरेको छ ।
पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पाणिनी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदमा टेक राज न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेल सिफारिस गरेको छ ।
मालारानी गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम सिफारिस गरेको हो । यस्तै उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम सिफारिस गरेको छ ।