अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमाेर्चाका जिल्ला सदस्य तथा युवा नेता कविराम खनालले अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन भनी चेतावनी दिएका छन्।
खनालले साेमवार साँझ सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन भनी चेतावनी दिएका हुन् ।
जाे जससँग सम्बन्ध राख्दछ राजमाे अर्घाखाँचीले भाेली बाेल्ड निर्णय लिदै छ राजमाेलाई कमजोर नसम्झ भनी खनालले सामाजिक संजाल फेसवुकमा पाेष्ट गरेका छन्।
राष्ट्रिय जनमाेर्चाले भूमिकास्थान नगरपालिकामा मेयर, सन्धिखर्कमा उपमेयर र मालारानीमा उपप्रमुख दावी गर्दै आएको छ । यसका साथै जिल्लाका सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिकामा पनि वार्ड तहमा भागबन्डा हुनुपर्ने बताएको छ । अर्घाखाँचीमा गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमाेर्चाले सम्मान जनक पदको माग गर्दै आएको छ ।
अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चा बिना गठबन्धन गएमा एमालेले सहज हराउने अनुमान गरिएको छ । साथै गत २०७४ सालको चुनावी परिणामलाई हेर्दा भूमिकास्थानमा राष्ट्रिय जनमाेर्चाले एल्कै चुनाव जित्ने देखिन्छ । कविराम खनालले २०७४ सालको चुनावमा कांग्रेस- माओवादी गठबन्धनका रेशम थापाले भन्दा थोरै मतले हारेका थिए ।
उता जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखे पनि अहिलेसम्म सहमतीमा पुग्न सकेका छैनन् ।