धातिवाङका कृषक श्यामलाल पौडेलको फार्ममा लाखौको आलु बीऊको उत्पादन (भिडिओ, फोटो रिपोर्ट)

डिआरजी सुमन
धातिवाङ, बुधवार ०७ वैशाख २०७९ । कृषि प्रधान देशमा वेरोजगारी समस्या समाधान नभएको भन्दै युवाहरु वैदेशिक रोज़गार को लागी विदेशिने क्रम वढीरहेको परिवेशमा अर्घाखाँचीमै पनि यस्ता व्यावसायिक कृषक छन भन्दा आश्चर्य लाग्न सक्छ तर यो कुनैआश्चर्यजनक विषय नभई यथार्थ उदाहरण हो ।

पाणिनि गाँउ पालिका ६ धातिवाङका श्यामलाल पौडेल सामान्य पढलेख गर्न सक्नेकृषक हुन तर व्यावसायिक रूपमा हेर्ने हो भने कयौँ युवालाई दक्षताको आधारमा रोज़गार दिन सक्ने वताउछन ।
धातिवाङमा रहेको फ़र्निचर उद्योगको लागी आवश्यक कामदार नहुदा आफुलाई समस्या परिरहेको वताउने श्यामलाल पौडेल को आफ्नै कृषि तथामौरिपालन फ़र्मका लागी पनि कर्मचारी को अभाव नै भएको वताउछन ।
पाणिनि गाँउ पालिका पालिका द्वारा ५०% अनुदानमा उपलब्ध उपलब्ध गराएको ३५० केजी वीउ आलु खेती गरेको पौडेलले ४५०० केजी देखी ५००० केजी सम्मउत्पादन गरेको वताउदै कृषिपेसा गर्नेलाई व्यावसायिक कृषिमा लाग्न आग्रह गरेका छन । मैले यदि कसैले सिक्छु भन्छ भनेपनि सिकाउछु ,सहकार्यगर्न चाहान्छन भने पनि हुन्छ  भनेकै छु तर यहाँ कसैले मान्दैनन् श्रमिक पाउनै समस्या छ भन्छन पौडेल । 
पाणिनि गाँउ पालिका ले आवश्यक  रुपमा ध्यान दिएकै कारण आफु सफल भएको पौडेल वताउछन । – तस्वीर डिआरजी सुमन/धातिवाङ,अर्घाखाँची ।

अन्य समाचारहरु