सन्धिखर्कमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुद्रमणी भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा स्थापना भएको छ । सन्धिखर्कमा भएको कार्यक्रममा मुख्य निर्वाचन अकिृत एवं जिल्ला न्यायाधिस बासुदेव न्यौपानेले चुनावलाई  शन्तिपुर्ण र निस्पक्ष बनाउने प्रतिबद्धता ब्यतm गनु भएको छ ।  
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा अर्घाखाँचीका राजनितिकदलहरुका अध्यक्षहरुले आउदौ बैशाख ३० गते ह्ने स्थानीयतहको निर्बाचनलाई निस्पक्ष बनाउन कार्यालयलाई सहयोग गर्ने प्रतिबद्धता समेत ब्यतm गरेका छन् ।  उनीहरुले आचारसंमितालाई पुर्ण कार्यान्वय गराउन आफुहरु लागि परेको बताए । 
कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,  नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेपाली कांग्रेसका जिल्ला सहसचिब कमल पौडेल , माओबादी केन्द्रका धर्म भुसाल ,एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान , जसपाका जिद्ग खड्का , परिबार दलका डिल्ली भुसाल नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल  गायतले मनतब्य राख्नु भएको थियो   । 
आज नै अर्घाखाँची सहित देशभर रहेका ७ सय ५३ ओटै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।   कार्यक्रममा  चारओटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु