अर्घाखाँचीभरका ६ स्थानीय तहमा राष्ट्रिय जनमोर्चाद्धारा वडाअध्यक्षका उम्मेदवार घोषणा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले विभिन्न ६ वटा स्थानीय तहमा ३९ जना वडाअध्यक्षका उम्मेदवार घोषणा गरेको छ ।
राजमोले जिल्लाका भूमिकास्थान, सन्धिखर्क र सितगंगा नगरपालिका, मालारानी, छत्रदेव र पाणिनी गाउँपालिका गरी ६ वटा तहका ३९ वडाअध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।
अध्यक्ष थम्मन केसीले उम्मेदवार घोषणा गर्दै ‘गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयताको खारेजी, तथा महंगी भ्रष्टाचार र एमसीसीको खारेजी’ लागि गिलास चिह्नमा मददान गर्न आह्वान गर्नुभएको छ ।
राजमो अर्घाखाँचीले यसअघि भूमिकास्थान नगरपालिकाका पाँच वटा वडामा उम्मेदवार घोषणा गरेको थियो । बिहीबार भने भूमिकास्थानका १० वटै वडामा उम्मेदवारी घोषणा गरिएको छ ।
हालसम्म पालिका प्रमुख उपप्रमुखको भने राजमोले नाम सार्वजनिक गरेको छैन ।
अर्घार्खाचीका पाँच राजनीतिक दलहरुले सबैभन्दा पहिला गठबन्धन गर्ने निर्णय गरेका थिए । तर, दलहरुबीच भागबण्डा नमिल्दा गठबन्धन बन्न सकेको छैन ।

अन्य समाचारहरु