अर्घाखाँचीमा स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा

भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिए संगै दहरुको ध्यान पालिका केन्द्रित हुन थालेको छ ।
३ नगरपालिका र ३ वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा उम्मेदवारी दाबी गर्दै टोल–टोलमा राजनीतिक गतिविधि देखिन थालेका छन् । टिकटका लागि पार्टी तथा नेताको घर–घर धाउनेको भिड पनि बढेको छ ।
२०७४ सालको राजनीतिक परिवेश भन्दा भिन्न यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा सहितको सत्तारुढ गठवन्धन तथा प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा

२०७४ को स्थानीय तहको निर्वाचनमा १३ वटा दलरुबिच प्रतिसपर्धा भएको थियो । ६ जना प्रमुख तथा अध्यक्ष, ६ जना उपप्रमुख तथा उपाध्यक्ष, ६१ जना वडाअध्यक्ष, ६१जना महिला वडा सदस्य, ६१ जना दलित महिला वडा सदस्य, १२२ जना अन्य वडा सदस्य र १५ जना दलित वा अन्य अल्पसंख्यक वडा सदस्य गरी ३ सय ३२ पदस्ंख्याको लागि १ हजार १ सय ३३ जना उम्मेद्वार निर्वाचनमा सहभागि थिए ।
 शितगंगा नगरपालिका
भौगालिक हिसावले देश कै ठुलो नगरपालिका शितगंगामा १४ वटा वडा छन । २०७४ को स्थानीय निर्वाचनमा शितगंगामा २५ हजार १ सय ४९ मतदाता रहेका थिए भने १७हजार ६ सय ४६ मत खसेका थिए ।
नगरप्रमुखको रुपमा ७ जनाको उम्मेद्वारी भएको शितगंगामा नेपाली कांग्रेसका सुर्य अधिकारी निर्वाचित भएका थिए भने उपप्रमुखमा माओबादी केन्द्रका टिका बहादुर रेश्मी निर्वाचित भए । यस्तै शितगंगा नगरपालिका वडा नं. १,२,६ र १३ गरी ४ वडा वडा एमालेका, वडा नं. ८ र ९ गरी २ वटा वडामा माओवादी केन्द्र र ३,४,५,७,१०,११,१२,१४ गरी ८ वटा वडामा कांग्रसले वडाध्यक्षमा बिजयी हासील गरे ।
सन्धिखर्क नगरपालिका
१२ वटा वडा रहेको सन्धिखर्क नगरपालिकामा २०७४ को निर्वाचनमा २४ हजार ६ सय ४२ मतदाता थिए भने १७ हजार ६ सय ७४ मत खसेका थिए ।
नगरप्रमुखमा ७ जना उम्मेद्वार रहेको यस नगरपालिकामा नेपालि कांग्रेसका कमल प्रसाद भुसाल निर्वाचित भए भने उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्वाचित भए । वडा नं १,२,८,१० र ११ गरी ५ वटा वडामा एमाले, वडा नं ९ मा माओवादी केन्द्र र ३,४,५,६,७र १२ गरी ६ वटा वडामा कांग्रेु बिजयी भएको थियो ।
भुमिकास्थान नगरपालिका
२०७४ को स्थानीय निर्वाचनमा २१ हजार १ सय ६४ जना मतदाता रहेको भुमिकास्थान नगरपालिकामा १० वटा रहेका छन । ५ जना उम्मेद्वार रहेको यस पालिकामा माओबादी केन्द्रका रेशम थापा नगरप्रमुखमा निर्वाचित भए भने उपप्रमुखमा नेपालि कांग्रेसका खडानन्द बेल्बासे निर्वाचित भए । नेकपा बिभाजित बनेपछि माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बनेका थापा एमाले प्रबेश गरेका थिए ।
यस पलिकामा वडा नं. ७,८,९,र १० गरी ४ वटा वडामा एमाले, ६ नं वडामा कांग्रेस, १,२,४ र ५ गरी ४ वटा वडामा राष्ट्रिय जनमोर्चा र ३ नम्बर वडामा माआवादी केन्द्रले जित हाँसिल गरेका थिए ।
पाणिनी गाउँपालिका
१८ हजार ३ सय ११ मतदाता मध्ये १२ हजार ९ सय ४७ मत खसेको पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा कांग्रसका अच्युत गौतम र उपाध्यक्षमा एमालेबाट लक्ष्मी गौतम निर्वाचित भए । उपाध्यक्षमा निर्वाचित गौतम हाल कांग्रेस प्रवेश गरेकी छन ।
जम्मा ८ वटा वडा रहेको पाणिनीमा १,२,४र ६ गरी ४ वटा वडा कांग्रेस र ३,५,७ र ८ गरी ४ वटा वडा एमाले निर्वाचित भएको छ ।
मालारानी गाउँपालिका
९ वटा वडा रहेको मालारानीमा २०७४को स्थानीय निर्वाचनमा १८ हजार ६ सय ९० मतदाता रहेका थिए । मालारानीको अध्यक्ष पदमा एमालेका बालकृष्ण शर्मा आचार्य र उपाध्यक्षमा एमाले कै प्रमिला क्षेत्री निर्वाचीत भएका थिए ।
यस्तै वडा नं १,२,३,४,७ र ८ गरी ६ वटा वडा एमाले र ५,६ र ९गरी ३ वटा वडा माओबादी केन्द्रले जित हासील गरेका थिए । तर दुर्घटनामा परी वडा नं ३ का वडा अध्यक्षको निदन भए पश्चात उपचुनाव भएको थियो । उक्त उपचुनावमा कांग्रेसका शोभाखर खनाल बिजयी बनेका थिए ।
छत्रदेब गाउँपालिका
१८ हजार ७ सय ६१ मतदाता भएको छत्रदेबमा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका क्रमस लेखनाथ पोख्रेल र तुल्सि देबि श्रेष्ठ बिजयी भए । जम्मा ८ वटा वडा रहेको छत्रदेवमा वडा नं ३ र ७ गरी २ वटा वडा एमाले र १,२,,४,५,६ र ८ गरी ६वटा वडा कांग्रेसले नेतृत्व गरेको छ ।
यसरी हाल नेतृत्वको स्थिातीलाई हेर्दा ६ स्थानीय तह, ६१ वडा रहेको अर्घाखाँचीमा नेपाली कांग्रेसले ४ पालिकामा प्रमुख, ३ पालिकामा उपप्रमुख र २६ वटा वडामा नेतृत्व गरीरहेको छ भने एमालेले १ प्रमुख, २ उपप्रमुख सहित २४ वटा वडामा नेतृत्व गरीरहेको छ । यस्तै माओबादी केन्द्रले २ उपप्रमुख सहित ७ वटा वडाको नेतृत्वमा छ भने ४ वटा वडामा राष्ट्रिय जनमोर्चाको सरकार छ ।
यस्तै स्थानीय तहको निर्वाचन २०७९ मा पनि सबै दलहरुले आफुले जितेका स्थानहरुमा सुरक्षित राख्दै अन्य स्थानमा जितको लागि केन्द्रित भएको देखिन्छ । यो समाचार तयार पार्दा सम्म एमालेले उम्मेद्वार टुंगो लगाई प्रचारप्रसारमा जुटिसकेको छ भने गठबन्धनका दलहरु बिच सहमति नहुदा अझै उम्मेद्वार तय हुन सकेका छैनन् ।
सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने घोषणा गरेको छ । स्थानीय तह निर्वाचन २०७९का लागि १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेको अर्घाखाँचीमा १६ दलले सहभागि हुने छन ।

अन्य समाचारहरु