अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न राजीनामा दिएका छन्।
सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले आज शुक्रवार वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।
यस्तै यहाँ पार्टीले सिफारिस गरेका २१ जना वार्ड अध्यक्ष, सदस्यहरुले दिएका छन्।
भुसाललाई नेपाली कांग्रेसले फेरि सन्धिखर्कको मेयर पदमा उठाउने भएको छ ।
५ दलिय गठबन्धन भागबन्डाको सहमति नजिक पुगेको बताइएको छ ।