अन्जना खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जनता समाजवादी पार्टी नेपाल अर्घाखाँची जिल्ला कमिटीको स्थानीय चुनाव र उम्मेदवारको विषय विषेश बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
उपलब्ध केन्द्रिय सदस्य ,जिल्ला कमिटी सदस्य ,विभिन्न विभागीय प्रमुख र पालिका प्रमुख उपस्थितमा संचालित बैठकले स्थानीय तह निर्वाचनको रणनीति स्थानीय तहमा उम्मेदवारको विषयमा के- कसरी अगाडि बढ्ने भन्ने बारेमा विषयमा ठोस निर्णय गरेको छ ।
कार्यक्रम आफ्नो मन्तव्य राख्दै केन्द्रिय सदस्य गोकर्ण थापाले जनता समाजवादी पार्टी जिल्लामा र समग्र देशमा गठबन्धन बचाएर लाने र प्रतिगामी तत्वलाई प्रास्त पार्नको लागि अग्रगामी शक्ति एकै ठाउमा हुनुको बिकल्प नरहेको बताएका छ्न । उनले जसपा एक बैकल्पिक शक्ति रहेको कारण देश र जनताको पक्षमा हुने हरेक निर्णयमा जसपा फराकिलो तरिका प्रस्तुत भएको समेत बताएका छन ।
उक्त कार्यक्रममा जिल्ला अध्यक्ष जिन्दगी खड्काको अध्यक्षता, केन्द्रिय सदस्य राजु नेपालीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य गोकर्ण थापा र संघिय परिषद सदस्य टोपबहादुर बलालको बिशिस्ट आतिथ्यता र जिल्ला इन्चार्ज नेत्र थापा, प्रदेश सदस्य पुस्कारनाथ आचार्य,मनिष सिंह, जिल्ला उपाध्यक्ष, यमुना थापा, टुकबहादुर चेवाली लगायत विभिन्न विभागीय प्रमुख र पालिका प्रमुखहरु सहभागीता रहेको थियो ।