अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य योगेन्द्र खड्काले राजिनामा दिएका छन् ।
सन्धिखर्क – २ को वार्ड अध्यक्ष पदका आकाक्षी समेत रहेका खड्काले पुरा परिवार सहित राजिनामा दिएका हुन् ।
उनले एमाले अर्घाखाँचीलाई निवेदन लेखि राजिनामा दिएको जानकारी दिएका थिए । खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजिनामा दिएका छन् ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफुले पाएको सम्पुर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका छन् ।