अर्घाखाँचीमा भोलि र पर्सी मनोनयनपत्र दर्ता गर्न जाँदा आचारसंहिताको पालना गर्न अपिल, नत्र कारबाही गर्ने चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निर्वाचन अधिकृतको कार्यालयले भोलि वैशाख ११ र १२ गते पर्सी मनोनयनपत्र दर्ता गर्न जाँदा आचारसंहिताको पालना गर्न अपिल गरेको छ। 
जिल्लाका ६ स्थानिय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयहरुले मनोनयन पत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोकेबमोजिमको आचरण पालना गर्न अपिल गरेका हुन्। 
यस्तै आचारसंहिताविपरीत कार्य भएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत निर्वाचन अधिकृतको कार्यालयले दिएका छन् ।  
‘यदि आचारसंहिताविपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानूनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदाताहरूमा जानकारी गराइएको बताइएको छ ।”
‘वैशाख ११ र १२ गते तोकिएको समय १० बजदेखि साँझ ५ बजेभित्र कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेको कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने छन् । 
आयोगले वैशाख १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने तयारी गरेको छ। 
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
यस्तै वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम आयोगको छ। 
तयारी पुरा
जिल्लामा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेद्वारको मनोनयन दर्ताको लागि बैशाख ११ र १२ गतेको तयारी पुरा भएको छ ।  


मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेद्वारको मनोनयन दर्ताको लागि बैशाख ११ र १२ गतेको तयारी पुरा भएको हो ।  

जिल्लाभर विहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । अर्घाखाँचीमा चुनावलाई  शन्तिपुर्ण र निस्पक्ष बनाउन सुरक्षा लगायतका सबै व्यवस्था तयारी अवस्थामा रहेको बताइएको छ । 

कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका रहेका छन् । जिल्लामा ६१ वटा वडाहरू रहेका छन् ।
   
स्थानीय तह सदस्य निर्वाचन २०७९ तालिका यस्तो छ: 


कागजातहरुको सुची :- 
संवत् २०७९ साल वैशाख ३० गते हुने गाउँपालिका वा नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नु पर्ने कागजातहरु 
(क) गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि 
(१)  सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थक सहित सम्बन्धित उम्मेदवारले सहिछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र । 
(२)  उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
(३)  उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि), 
(४)  स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम रु.१,५००।– धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, 
 तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटी वापत रु. ७५०।– राख्नु पर्ने । 
(५)  बुँदा नं. (४) बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचासहजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको सिफारिस, 
(६)  दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, (दलको तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनु पर्ने र सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतलाई सम्बोधन गरेको र बोधार्थमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको हुनुपर्ने) 
(७)  उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा, 
(८)  स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा, 
(९)  वारेस मार्पmत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा । 
(ख) गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष तथा वडा सदस्य पदको लागि 
(१)  सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थक सहित सम्बन्धित उम्मेदवारले सहिछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र । 
(२)  उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
(३)  उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि), 
(४)  स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम वडा अध्यक्षको लागि रु.१,०००।– र वडा सदस्यको लागि रु.५००।–धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, 
 तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटी वापत वडा अध्यक्षको हकमा रु. ५००।– र वडा सदस्यको हकमा रु.२५०।– राख्नु पर्ने । 
(५)  बुँदा नं. (४) बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचासहजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको सिफारिस, 
(६)  दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, 
(७)  उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा, 
(८)  स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा, 
(८)  वारेस मार्पmत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा । 
(ग) गाउँपालिका वा नगरपालिकाको दलित महिला वडा सदस्य पदको लागि 
वडा अध्यक्ष वा वडा सदस्य पदको लागि आवश्यक पर्ने कागजातको अतिरिक्त सम्बन्धित गाउँपालिका वा नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा ।

अन्य समाचारहरु