अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ मा नेपाली कांग्रेसको उम्मेदवारी चयनलाई लिएर युवा नेता सचिन पाण्डेले पार्टी पदबाट राजिनामा दिएका छन् । भने स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेलाई कांग्रेसले निस्कासन साधारण सदस्य नहरने गरी निक्कासन गरेको छ ।
पार्टीले स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीबाट निक्कासन गरिने बताएको छ । पार्टी सभापति केशब श्रेष्ठले पार्टी विरुद्द गर्नेलाई उतिबेला नै निक्कासन बताएका छन् ।
समाजसेवी समेत रहेका उनको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ मा कांग्रेसबाट वार्ड अध्यक्ष पदमा उठने चर्चा थियो । उता जिल्लाभर कांग्रेसको उम्मेदवारी चयनलाई लिएर व्यापक असन्तुष्टि भएका छन् ।
पाण्डेले लेखेका छन्:-
हाम्रो समाज हाम्रो वडा हामी बनाउंछौं।।
एउटा बाटो मात्रै बन्द भएको हो अरु बाटाहरु खुल्लै छन अबको बाटो स्वतन्त्रको साथ सपोर्ट र समर्थनका लागि सबैलाई अनुरोध गर्दछु।।
सबै गुमाएर एउटा सामान्य कार्यक्रर्ता भएर जिन्दगी भरि पार्टिले दिएका काम गर्न जुनसुकै बेला पछि हटेन जनता र युवाको माग अनुसार काठमाडौं को सुविधा सम्पन्न बसाइँ र परिबार छोडि गाउँमा आएर पार्टी बाटै जनताको प्रतिनिधि बनी जनताको सेवा गर्छु भनी लागिरहे अन्ततः बिहान 10बजे बाट बसेको एउटा मिटिङ अहिले आएर कार्यदलले हिजै उम्मेदवार टुङ्गाएको छ भनी घोषणा गरियो।।यस्तो कोठे र दुर्गन्धित राजनीतिमा मलाई फस्नु छैन चाहे हिजो महाधिवेशनमा होस् चाहे यो स्थानीय चुनाव म माथि बारम्बार गरिएको यस्ता अन्याय लाई म जत्तिको जनता बुझेको र जनता संग नजिक भएको युवाले सहेर बस्न सकेन त्यसैले छत्रदेव ८ काङ्ग्रेस बाट बिदा लिने निर्णय लिएको छु।काङ्ग्रेस बाट लिएको एउटा सदस्य बाहेक अरु म संग केही छैन उक्त सदस्य खारेजी गरिदिन भोलि नै सभापति समक्ष निबेदन पेस गर्ने छु।।
सदस्य खारेजी पछिको मेरो स्वतन्त्र जिवन कसरी अगाडि बढाउने भोलि मात्रै निर्णय लिने छु धन्यवाद।।।।