सन्धिखर्क नगरपालिकामा गठबन्धनबाट शान्ता भण्डारीको उम्मेद्धारीपछि जताततै चर्चा र विशेष चाँसो

लक्ष्मण घिमिरे ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका ६ स्थानियतहमा सन्धिखर्क नगरपालिकाको विषेश चाँसो र महत्व छ । जिल्लाको सदरमुकाम भएकाले पनी सन्धिखर्क नगरपालिकामा सबैको ध्यान जाने र विशेष चाँसो रहने गर्दछ ।
सन्धिखर्क नगरपालिकामा शान्ता भण्डारीको चर्चा
यसपाली नेपाली कांग्रेसले महिला उम्मेद्वार अँगाडी सारेकाले पनी यहाँ चाँसो बढेर गएको छ । अर्घाखाँचीका ६ स्थानियतह मध्ये यो एउटा मात्र नगरपालिका हो जहाँ महिलाले प्रमुख पाएकी छिन् । नेपाली कांग्रेसको तर्फबाट शान्ता भण्डारीले सन्धिखर्कमा नगरप्रमुखको उम्मेद्वारी दर्ता गराएकी छिन् । महिलालाई उपप्रमुख वा दोस्रो स्थानमा थन्क्याउने गरेकोमा यसपाली नेपाली कांग्रेसले प्रमुख पदमा महिलालाई आगाडी बढाएको छ ।
लामो समय नेविसंघ र महिला संघको नेतृत्व गरेकी भण्डारी कांग्रेसको जिल्ला उपसभापती हुँदै हाल लुम्बिनी प्रदेश सदस्य छिन् । ‘महिला भएकै कारण पछी परिन्छ भन्ने हुँदैन । निरन्तर मेहनत गर्‍यो भने अवसर प्राप्त हुन्छ ।’ भण्डारीले भनिन् । अब नगरप्रमुख बनेर जनताको सेवा र नगरको विकासमा समर्पित हुने उनको भनाई छ ।
पिछडिएका महिला र ओझेलमा परेका नारीहरुलाई समेट्दै नगरको सर्वाङ्गीण विकासमा आफु लागी पर्ने उनले बताईन् । ‘मलाई पार्टीले ठुलो जिम्मेवारी दिएको छ, उनले भनिन्,‘जिम्मेवारी पुरा गर्न सकिन भने नगर र स्वयं आफैलाई ठुलो मुल्य चुकाउनु पर्नेछ । त्यसैले दिनरात नभनी काम गर्नेछु ।’ अब समयको माग अनुसार तिव्र विकास गर्न नसके जनताले नपत्याउने भएकाले त्यसतर्फ आफु अग्रसर भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
नेकपा एमालेको तर्फबाट कृष्ण श्रेष्ठसंग भण्डारीले प्रतिस्पर्धा गर्नेछिन् । २०७४ सालको निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसका कमलप्रसाद भुसालसंग ११ सय बढी मतान्तरले पराजित भएका थिए । कांग्रेसले यसपाली महिला उम्मेद्वारलाई प्रमुखमा अँगाडी सारेपछी सर्वत्र चर्चाको विषय बनेको छ । कांग्रेसमा लामो समय योगदान गरेकी भण्डारीलाई उम्मेद्वार बनाएसंगै नगरका सबै महिला खुशी भएका छन् । साथै सरल र लोकप्रिय उम्मेद्वार पाएपछी एमालेलाई थप चुनौती थपिएको छ ।

अन्य समाचारहरु