अर्घाखाँचीमा दोसो कार्यकालको लागि चुनावी मैदानमा उत्रिएका यि ४ अनुहार

हरिप्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लामा स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्तासंगै चुनावी माहौल तिव्र बनेको छ । सत्तापक्षिय गठबन्धन र नेकपा एमालेविच मुख्य प्रतिष्प्रधा हुने अर्घाखाँची जिल्लामा कस्ता उम्मेदवार उठे भन्ने विषय यतिवेला चर्चामा छ ।
६ वटा स्थानीय तह रहेको अर्घाखाँची जिल्लामा यो पटक नेतृत्वमा एक कार्यकाल पुरा गरेका केही व्यक्ति पुन चुनावी दौडमा उत्रिएका छन् । पालिकाको नेतृत्वमा एक कार्यकाल पुरा गरिसकेर पनि फेरी पार्टीबाट टिकट पाएका ४ भाग्यमानी उम्मेदवारहरुको विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।
१, रेशम थापा
भूमिकास्थान नगरपालिकामा एक कार्यकाल पुरा गरेर अर्को कार्यकालको लागि पनि उम्मेदवारी प्राप्त गर्ने थापा भाग्यमानी उम्मेदवार हुन् । त्यसवेला नेपाली काँग्रसको सहयोगमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थापा यो पटक नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । तुलनात्मक रुुपमा इमान्दार नेताको छवी बनाएका थापाले यो पटक गठवन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने भएको छ । 
२, अच्युत गौतम 
पाणिनी गाउँपालिकाको प्रमुख पदमा एक कार्यकाल पुरा गरी दोस्रो कार्यकालको लागि पनि टिकट प्राप्त गर्ने भाग्यमानी उम्मेदवारको नाम हो अच्युत गौतम । आफ्नो कार्यकालमा पाणिनीमा एमालेको किल्ला भत्काउनमा ठूलो भूमिका खेलेको भनिएका गौतम यस क्षेत्रका चर्चित नेता हुन् । नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहेका नेता गौतमले यो पटक नेकपा एमालेका नेता टेकराज न्यौपानेसंग प्रतिष्प्रधा गर्नुपर्ने भएको छ ।

३, टिका रेश्मी
नेपालकै ठूलो शितगंगा नगरपालिकामा उपप्रमुखका रुपमा पहिलो कार्यकाल पुरा गरी दोस्रो कार्यकालको लागि उम्मेदवारी पाउने टिका रेश्मी भाग्यमानी उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्रका तत्कालिन नेता टोप बहादुर रायमाझी, चन्द्र बहादुर खड्का सहितका नेताहरुले एमाले रोज्दा अविचलित नभई सतिसाल बनेर दक्षिणी क्षेत्रलाई काँधमा बोकेका रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुन दोहोराउने प्रयास गरेको छ । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गिता भाटसंग प्रतिष्प्रधा गर्नुपर्ने भएको छ ।
४, लक्ष्मी गौतम 
नेकपा एमालेबाट निर्वाचित भई एक कार्यकाल पुरा गरेकी लक्ष्मी गौगमले दोस्रो कार्यकालको लागि पनि पुन उम्मेदवार बनेकी छन् । नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुदै नेपाली काँग्रेस प्रवेश गरेकी गौतमलाई नेपाली काँग्रेसले दोस्रो कार्यकालको लागि टिकट दिएको हो । नेतृ गौतमले यो पटक नेकपा एमालेकी नेतृ नर्मदा पौडेलसंग प्रतिष्प्रधा गर्नुपर्ने भएको छ ।

अन्य समाचारहरु