अर्घाखाँचीमा निर्माण व्यवसायी संघले एक घन्टे शान्तिपुर्ण धर्ना र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल निर्माण ब्याबसायी संघ अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी शरीधर घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । 
 संघले मंग्लवार जिल्ला प्रशासन कार्यालयमा पुगि निर्माण सामाग्रीमा भएको अप्रत्याशित अत्याधिक मुल्यबृदृि म्यादथप  सार्बजनिक खरिद नियमावली -२०६४ को एघारौं संशोधनका केहि प्राबधानमा रहेका टुटि बिमा निर्देशिका लगायतका बिरोधमा आयोजित  एक घन्टे शान्तिपुर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको हो।
    शान्तिपुर्ण धर्नाको नेतृत्व  निर्माण ब्याबसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीले गरेका थिए । 

अन्य समाचारहरु