अर्जुन भुसाल
किमडाँडा, अर्घाखाँची बैशाख १३ । नेकपा एमाले सन्धिखर्कले वडा नं. ८ को किमडाँडाबाट चुनावी अभियानको थालनी गर्ने भएको छ । किमडाँडाका विभिन्न ठाउँमा आमसभाहरु गर्दै चुनावी प्रचार तथा मतदाता भेटघाटको कार्यक्रमलाई अगाडि बढाइने नगर कमिटीले जनाएको छ ।
बुधबार बिहान ७ बजेबाट चुनावी कार्यक्रम सुरु गरिने नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । साविक ६ र ७ को चुनावी कार्यक्रम हमालकाबारी ७ बजे, साविक ८ को सिमलपाटमा विहान ८ः४५बजे, साविक ९ को लमलमेमा विहान ११ः४५ बजे, साविक ३ को पकलेमा दिउसो १ः३० बजे, साविक ४ को खालमा दिउसो ३ बजे, साविक ५ को थाम्कामा ४ः३० बजे र साविक १ र २ को सापकोटा टोलमा साझ ६ बजे आमसभा राखिएको जिल्ला कमिटी सदस्य तथा वडा सहजकर्ता देवी थापा भुसालले जनकारी दिनुभयो । कार्यक्रममा मेयर, उपमेयर सहित केन्द्र र जिल्ला स्तरका नेताहरुको सहभागिता रहने छ ।
एमालेले सन्धिखर्कको मेयर पदका लागि लोकप्रिय नेता कृष्णप्रसाद श्रेष्ठ, उपमेयरमा लोकप्रिय नेतृ मिश्रा आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले सन्धिखर्क १ को अध्यक्षमा युवराज बञ्जाडे, २ मा मोतिजङ्ग रायमाझी, ३ मा लक्ष्मण खडका, ४ मा शिबबहादुर भुसाल,५ मा शिब प्रसाद अधिकारी, ६ मा श्रीधर महतरा, ७ मा चुराबहादुर केसी,८ मा नारायण अर्याल, ९ मा पदम भुसाल, १० मा लक्ष्मी नारायण चुँदाली, ११ मा शिव शाह र १२ मा बसन्त श्रेष्ठलाई वडा अध्यक्षको रूपमा अघि सारेको छ ।