महेश पौडेल
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले अर्घाखाँचीको भुमिकास्थान-९ ढिकुरा निवासी स्व. सन्जय बिकको परिबारलाई मृत्यु दाबी बापतको रकम रू ११,००,०००/- (अक्षरूपि एघार लाख रूपैया ) बराबरको रकम हस्तान्तरण गरेको छ ।
मिती २०७८-०५-१९ गतेका दिन बैदेशिक रोजगारको शिलशिलामा दुवई युएईबाट (जन्मभुमि नेपाल ) घर फर्कने क्रममा अर्घाखाँचीको शितगंगा-३ मा हाईस दुर्घटनामा परि ज्यान गुमाएका अर्घाखाँचीको भुमिकास्थान-९ निवाशी स्व. सन्जय बिकको परिबारलाई मृत्यु दाबी बापतको रकम रू ११,००,०००/- (अक्षरूपि एघार लाख रूपैया ) बराबरको चेक सन नेपाल लाईफ ईन्स्योरेन्स क लि ले हस्तान्तरण गरेको हो ।
उक्त रकम निजका मृतकका बुबा वीर बहादुर सुनार लगायत अन्य शुभचिन्तक को उपस्थिति मा मृतक कि श्रीमती तथा ईच्छाईएको ब्याक्ती सपना बि क लाई सन नेपाल लाईफ ईन्स्योरेन्स क लि अर्घाखाँची शाखा प्रमुख मिना बस्यालले २०७९-०१-१४ गते अर्घाखाँची शाखा बाट हस्तान्तरण गर्नु भएको थियो ।
स्व. बिमितले बैदेशिक रोजगारमा जानू अघि सन नेपाल लाईफ ईन्स्योरेन्स बाट बैदेशिक रोजगार म्यादि जीवन बिमा पोलिसी लिनु भएको थियो । उक्त बिमा मा बिमाङ्क बापत रू १०,००,०००/- र किरिया खर्च बापत रू १,००,०००/- गरि ११,००,०००/- को चेक हस्तान्तरण गरिएको हो ।
उक्त चेक हस्तान्तरणका क्रममा शाखा प्रमुख बस्यालले मृत अात्माको चिर शान्तीको कामना गर्दै पिडितको चोटमा केही हद सम्म भएपनी अार्थिक रूपले मलम लगाउन पाएको मा जीवन बिमा एक ब्याबसाय मात्र नभई समाज सेवा पनि रहेको बताउनु भएको छ ।