पाणिनी क्याम्पसमा सन्धिखर्क मेयरका एमाले उम्मेदवार कृष्ण श्रेष्ठको चुनावी कार्यक्रम | आचारसंहिताको व्यापक उल्लंघन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूले  आचारसंहिताको व्यापक उल्लंघन गरिरहेको देखिएको छ ।
आचारसंहिताको  धज्जी उडाउँदै पाणिनी बहुमुखी क्याम्पस प्रमुख बुद्विराम भुसालले  नेकपा(एमाले) बाट सन्धिखर्क नगर प्रमुख पदमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई चुनावी शुभकामना कार्यक्रम गरेका हुन् । 
एमाले उम्मेदवार श्रेष्ठले आचारसंहिता प्रतिकुल हुने गरी शैक्षिक संस्ठामा चुनावी कार्यक्रम गरेका छन् । पाणिनी बहुमुखी क्याम्पसको चुनावी शुभकामना कार्यक्रममा श्रेष्ठले आफुलाई जिताएमा क्याम्पस शैक्षिक सुधार, बिकास, निर्माण लगायतका विभिन्न प्रतिवद्धता जनाएका थिए ।  मतदाता नामावलीमा नाम भएका उमेर समुहका विधार्थीहरुका बीचमा कार्यक्रम गर्ने पहिलेको एमाले योजना अनुसार उक्त कार्यक्रम भएको बताइएको छ । 
    
अर्घाखाँचीमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले आचारसंहिताको  धज्जी उडाउँदै चुनावी कार्यक्रम गरेका छन् । शक्ति प्रदर्शन गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार शैक्षिक संस्ठामा चुनावी कार्यक्रम, प्रचार प्रसार गर्न पाइँदैन।
 

अन्य समाचारहरु