लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । स्थानियतह निर्वाचनको मिति नजिकिए संगै दलहरु दौडधुपमा लागेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेद्वारहरु घरदैलो अभियान, पार्टी प्रवेश कार्यक्रम, रिसाएका कार्यकर्ता फकाउने कार्यमा व्यस्त देखिन्छन् ।
नेकपा एमाले एक्लै निर्वाचनमा गएको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । प्रतिगमनलाई परास्त गर्न भन्दै केन्द्रले गरेको गठबन्धन अर्घाखाँचीमा पनी सोही अनुरुप अँगाडी बढेको छ । जिल्लाका सबै स्थानियतहमा एमालेलाई एक्लाउने गरी गठबन्धन गरिएको छ ।
गत २०७४ को स्थानिय निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । मालारानी गाउँपालिकामा प्रमुख/उपप्रमुख र पाणिनी गाउँपालिकामा उपप्रमुख बाहेक अन्य तहमा एमाले शुन्य छ । वडाहरुमा भने एमालेले २५ स्थानमा विजय हासिल गरेको थियो । कुल ६१ वडा रहेको जिल्लामा नेपाली कांग्रेसले २५ वडा जितेको थियो ।
स्थानियतह निर्वाचन २०७४ मा कुन पालिका/नगरमा कस्ले कती मत पाएका थिए ?
सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार कमल प्रसाद भुसालले नेकपा एमालेका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठलाई १ हजार १ सय तिन मतान्तरले पराजित गरेका थिए । कांग्रेस माओवादी तालमेल गर्दा कांग्रेसका भुसालले श्रेष्ठलाई ११ सय बढी मतान्तरले पछी पारेका थिए । भुसालले मेयरमा ८ हजार २ सय ३० मत पाउँदा श्रेष्ठले ७ हजार १ सय २७ मत पाएका थिए । यस्तै उपमेयरमा गठबन्धनका ठाकुर विकले एमालेकी ईश्वरा पोख्रललाई ९६१ मतान्तरले पछी पारेका थिए । विकले ७ हजार ३ सय ६५ मत ल्याउँदा पोख्रलले ६ हजार ४ सय ४ मत पाएकी थिईन् ।
मेयर– कमल प्रसाद भुसाल (कांग्रेस) ८२३०
मेयर– कृष्ण प्रसाद श्रेष्ठ (एमाले) ७१२७
मेयर– ध्रुवराज भुसाल (राप्रपा) १६५
मेयर–कल्पना पोख्रेल (राजमो) ५७८
मेयर– डिल्लीराज भुसाल (नेपाल परिवार दल) १०
मेयर– यमुना भुसाल (नयाँ शक्ती पार्टी, नेपाल) ६८
मेयर– वसिर मिया (स्वतन्त्र) ११
उपमेयर– ठाकुर विक (माओवादी) ७३६५
उपमेयर– ईश्वरा पोख्रेल (एमाले) ६४०४
उपमेयर– सुनिता गिरी (राप्रपा) ९०
उपमेयर– पशुपती ढकाल (राजमो) ७४१
उपमेयर– टोप बहादुर बलाल (नयाँ शक्ती पार्टी, नेपाल) १३८
शितगंगा नगरपालिका
शितगंगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार सुर्यप्रसाद अधिकारी १ हजार ६ सय ८७ मतान्तरले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बसन्त कुमार श्रेष्ठले ६ हजार ९ सय ९० मत पाउँदा कांग्रेसका अधिकारीले ८ हजार ६ सय ७७ मत ल्याएका थिए । यस्तै उममेयरमा नेकपा माओवादी केन्द्रका टिका रेश्मीले ७ हजार १ सय २८ मत ल्याएर विजयी भएका थिए । ९५ मतको झिनो हार व्यहोरेको एमालेकी गिता भाटले ७ हजार ३३ मत प्राप्त गरेकी थिईन् । शितगंगा नगरपालीकामा कांग्रेस माओवादी गठबन्धन बनाएर संयुक्त चुनाव लडेका थिए ।
मेयर– सुर्य प्रसाद अधिकारी (कांग्रेस) ८६७७
मेयर– बसन्त कुमार श्रेष्ठ (एमाले) ६९९०
मेयर– देवीराम गैरे (राप्रपा) ३४
मेयर– केदार बेल्वासे (नेकपा माले) ४१
मेयर– गोविन्द थापा (राजमो) १३७
मेयर– मधु बहादुर सारु (राष्ट्रिय जनमुक्ती पार्टी) ३२
मेयर– योगेश्वर गिरी (नयाँ शक्ती पार्टी नेपाल) ३९
उपमेयर– टिका रेश्मी (माओवादी) ७१२८
उपमेयर– गिता भाट (एमाले) ७०३३
उपमेयर– रुपादेवी बेल्वासे (राप्रपा) ४५
उपमेयर– बास्मता भट्टराई (राजमो) १४५
उपमेयर– बसन्ता पेङ्गनी (राष्ट्रिय जनमुक्ती पार्टी) ७४
भुमिकास्थान नगरपालिका
भुमिकास्थान नगरपालिकामा माओवादी र कांग्रेस बिच चुनावी तालमेल थियो । गठबन्धनका तर्फबाट माओवादीका रेशम थापाले ५ हजार ३ सय २० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका कवी खनालले ४ हजार ५ सय ४२ मत ल्याएका थिए । एमालेका पिताम्बर भुसालले ४ हजार २ सय ५० मत प्राप्त गरेका थिए । थापाले खनाललाई ७ सय ७८ र भुसाललाई १ हजार ७० मतले पछी पारेका थिए । यस्तै उपमेयरमा नेपाली कांग्रेसका खडानन्द बेल्वासेले ५ हजार २ सय ३० मत प्राप्त गर्दै विजयी बनेका थिए । एमालेकी सुनिता भुसाल बेल्वासेले ४ हजार ७ सय १ ल्याउँदा राष्ट्रिय जनमोर्चाकी सकुन्तला रानाले ३ हजार ५ सय ६६ मत ल्याएकी थिईन् ।
मेयर– रेशम थापा (माओवादी) ५३२०
मेयर– पिताम्बर भुसाल (एमाले) ४२५०
मेयर– धनबहादुर रायमाझी (राप्रपा) २२
मेयर– कविराम खनाल (राजमो) ४५४२
मेयर– प्रेम प्रसाद पाण्डे (नयाँ शक्ती पार्टी नेपाल) ४६
उपमेयर– खडानन्द बेल्वासे (कांग्रेस) ५२३०
उपमेयर– सुनिता भुसाल बेल्वासे (एमाले) ४७०१
उपमेयर– पवित्रा पौडेल (राप्रपा) १५
उपमेयर– सकुन्तला राना (राजमो) ३५६६
उपमेयर– गंगा घिमिरे (नयाँ शक्ती पार्टी नेपाल) ४१
पाणिनी गाउँपालिका
बिना गठबन्धन चुनावी प्रतिस्पर्धामा उत्रिएको पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसको बर्चस्व देखिएपनी उपाध्यक्षमा एमालेले बाजी मार्यो । अध्यक्षमा कांग्रेसका अच्युत गौतमले एमालेका जिवनारायण कोईरालालाई ४ सय ९२ मतले पछी पार्दै जित निकाल्न सफल भए । गौतमले ५ हजार ९ सय ७७ ल्याउँदा कोईरालाले ५ हजार ४ सय ८५ मत मात्र ल्याउन सके । उपाध्यक्षमा भने कांग्रेसकी अम्बिका पोख्रेललाई एमालेकी उम्मेद्वार लक्ष्मी गौतमले १ सय ३५ मतले पछी पारिन् । गौतमले ५ हजार ५ सय ४७ मत ल्याउँदा पोख्रेलले ५ हजार ४ सय १२ मत पाईन् ।
अध्यक्ष– अच्युत गौतम (कांग्रेस) ५९७७
अध्यक्ष– जिवनारायण कोईराला (एमाले) ५४८५
अध्यक्ष– श्रीहरी गौतम (माओवादी) ८१४
अध्यक्ष– ईन्द्रबहादुर रेश्मी मगर (नेकपा माले) २३
अध्यक्ष– देवीप्रसाद भुसाल (राजमो) ३८
अध्यक्ष– माधवराज पोख्रेल (नयाँ शक्ती पार्टी नेपाल) ३९
उपाध्यक्ष– अम्बिका पोख्रेल (कांग्रेस) ५४१२
उपाध्यक्ष– लक्ष्मी गौतम (एमाले) ५५४७
उपाध्यक्ष– विमला घिमिरे (माओवादी) १११५
उपाध्यक्ष– श्रीधरा राउल (राजमो) ७३
उपाध्यक्ष– लिलावती पाण्डे (नयाँ शक्ती पार्टी नेपाल) ३९
मालारानी गाउँपालिका
मालारानी गाउँपालिकामा कांग्रेस माओवादी तालमेल गरेर चुनाव लडेपनी एमालेलाई हराउन असमर्थ बन्यो । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका माओवादीका पदम क्षेत्रीलाई नेकपा एमालेका बालकृष्ण शर्मा आचार्यले ९ सय ९९ मतले पछी पारे । क्षेत्रीले ५ हजार ५ सय ४ मत पाए भने आचार्यले ६ हजार ५ सय ३ मत प्राप्त गरे । गठबन्धन बाटै उपाध्यक्षका उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी शान्ता खनालले १ हजार ३ सय १२ मतले हार व्यहोर्नु पर्यो । एमालेकी उम्मेद्वार प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत ल्याएर विजयी भईन् भने कांग्रेसकी शान्ता खनालले ५ हजार २ सय १० मत मात्र ल्याउन सकिन् ।
अध्यक्ष– बालकृष्ण शर्मा आचार्य (एमाले) ६५०३
अध्यक्ष– पदम क्षेत्री (माओवादी) ५५०४
अध्यक्ष– बालानन्द भुसाल (राप्रपा) २३
अध्यक्ष– नरेन्द्र बहादुर थापा (राजमो) ५६०
अध्यक्ष– जिन्दक बहादुर खड्का (नयाँ शक्ती पार्टी नेपाल) ९१
उपाध्यक्ष– प्रमिला क्षेत्री (एमाले) ६५२२
उपाध्यक्ष– शान्ता खनाल (कांग्रेस) ५२१०
उपाध्यक्ष– कमला पन्थी (राप्रपा) २६
उपाध्यक्ष– तुलसा कुँवर (राजमो) ६१५
उपाध्यक्ष– उषा पुरी थापा (नयाँ शक्ती पार्टी नेपाल) ८१
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा गर्दा प्रमुख उपप्रमुख दुवै कांग्रेसको पोल्टामा पर्यो । नेकपा एमालेका उम्मेद्वार ऋषी अधिकारीलाई १ हजार १ सय २ मतान्तरले हराउँदै नेपाली कांग्रेसका लेखनाथ पोख्रेल गाउँपालिका अध्यक्षमा विजयी बने । पोख्रेलले ६ हजार १ सय ६७ मत ल्याउँदा अधिकारीले ५ हजार ६५ मत मात्र पाए । यस्तै उपाध्यक्षमा एमालेकी मनी पन्थीलाई १ हजार ५ सय १६ मतान्तरले पछी पार्दै कांग्रेसकी तुलसीदेवी श्रेष्ठ विजयी भईन् । श्रेष्ठले ६ हजार १ सय ९० मत पाउँदा पन्थीले ४ हजार ६ सय १६ मत प्राप्त गरिन् ।
अध्यक्ष– लेखनाथ पोख्रेल (कांग्रेस) ६१६७
अध्यक्ष– ऋषिराम अधिकारी (एमाले) ५०६५
अध्यक्ष– प्रकाश ज्ञवाली (माओवादी) ९३२
अध्यक्ष– विष्णु खनाल (राप्रपा) ४४
अध्यक्ष– हरिलाल न्यौपाने (राजमो) ७९
उपाध्यक्ष– तुलसीदेवी श्रेष्ठ (कांग्रेस) ६१९०
उपाध्यक्ष– मनी पन्थी (एमाले) ४६१६
उपाध्यक्ष– विष्णुमाया रायमाझी (माओवादी) १२८६
उपाध्यक्ष– निस्सल नेपाली (राप्रपा) ४८
उपाध्यक्ष– कमला आचार्य (राजमो) ५३