अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा गठबन्धनकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीले नेकपा (एमाले) ले व्यापक पैसा बाढेको आरोप लगाएकी छिन् ।
नरपानीमा गठबन्धनकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीले नेकपा (एमाले) ले पाईप, चामल, तेल जिन्सी लगायत व्यापक पैसा बाढेको आरोप लगाएकी हुन् । उनको अनुसार एमालेले पैसा बाढेर जनतालाई झुक्काउन खोजेको बताईने ।
उता नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क- ६ वडा कमिटी इन्चार्ज भरत न्यौपानेले गठबन्धनकी उम्मेदवार लक्ष्मी नेपालीको स्टाटसको भर्त्सना गरेका छन् । र उनलाई चुनौती दिएका छन् । उनले भनेका छन्; “आफुले पाइप, चामल, तेल लगायतका सामान बाडफाड गरेको कुरालाइ लुकाउन यस्तो स्टाटस लेखेको हुनसक्ने हाम्रो पार्टिको ठहर छ । चुनावलाइ राम्रोसँग सम्पन्न गर्ने कुरालाइ नेकपा एमाले सनपा ६ वडा कमिटी प्रतिवद्द छ । यस्ता कुराको पोस्ट गर्ने काम गर्नाले चुनावको सौहार्दपुर्ण बाताबरण बिग्रन सक्छ । राजनितीक दलका जिम्मेवार व्यक्तिले समयमै सोचौ । हामी चुनावलाई शान्ती पुर्वक रुपमा सम्पन्न होस भन्ने चाहन्छौ । तर जिम्मेवार वडा सदस्यको यस्तो गैर जिम्मेवार पुर्ण कपोकल्पित र निन्दनीय लेखाइ तथा व्यवहारले यस्मा केही आशन्का थपेको छ । सबै नम्र बनौ जनताकोमा आ आफ्ना एजेण्डा लिएर जाउ जनताको मन जितौ । चुनावमा सहभागी बनौ ।