माधब पौडेल
पाणिनी, अर्घाखाँची । बि स २०३९ साल पुस ११गते पाणिनी गाउँपालिका १ पणेनाको आमडाँडामा जन्मिएकी नर्मदा पौडेलको घर भने पाणिनी गाउँपालिका ३ खिदिममा पर्दछ ।
उनि बि स २०६८ साल देखि अखिल नेपाल महिला संघ अर्घाखाँची को सदस्य मा रही काम गर्दै आएकी छन् ।त्यतै करिब १३ वर्ष अखिल नेपाल महिला संघ खिदिम को अध्यक्ष रहँदै ने. क.पा एमाले पाणिनी गाउँपालिका कमिटि को सदस्य खिदिम गाउँ कमिटी सहसचिव हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका को उपाध्यक्ष पदमा उमेद्वारी दिएकी छन् ।
सालिन स्वभाव ,मित्र भाव र सहयोगी भावना उनका मुख्य गुण मध्येका एक हुन् ।उनी शिक्षा को क्षेत्र मा बि एड सम्म को पढाइ गरेकी छन् ।
विभिन्न संघ संस्था मा आबद्ध भएकी उनी कमाउन को लागि राजनीति मा नआएको बितेको पाँच वर्ष मा भएका नराम्रा कामहरू लाई चिर्न र आगामी दिन मा गाउँपालिका लाई नमुना बनाउन को लागि आफू मा अठोट र दृढ शक्ति परिचालन को लागि आफ्नो उमेद्वारी दिएको बताइन् ।
शिक्षा, स्वास्थ्य,खानेपानी ,सडक,कृषि, रोजगारी को सिर्जना ,महिला हिँसाको अन्त्य उनका मुख्य एजेण्डा रहेका छन्। बि. स २०७४ साल को निर्वाचन मा नेकपा बाट उपाध्यक्ष पद मा लक्ष्मी गौतम विजय भएकी थिइन् ।उनी अहिले नेपाली कांग्रेस बाट उपाध्यक्ष पदमा उमेद्वारी दिएकी छन् ।लक्ष्मी गौतम को उमेद्वारी ले नर्मदा को जीत को लागि बाटो खुलेको अधिकांस जनता हरु बताउँछन् ।जनता भन्छन् अवसर वादी सोच ले कहिलै विकास हुँदैन त्यसैले यो चुनाव मा नर्मदा पौडेल को उमेद्वारी चर्चा मा छ ।