अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी बैशाख ३० गते स्थानिय निर्वाचन नजिकै गर्दा अर्घाखाँची जिल्लामा विधालयका शिक्षकहरु चनावी प्रचारमा हिड्न थालेका छन् ।
जिल्लाका प्राय विधालयका शिक्षकहरु यतिबेला राजनीतिमा लागेका छन् । नेकपा एमाले र गठबन्धन दल नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, समर्थक शिक्षकहरु यतिबेला खुलेरै चनावी प्रचारमा हिड्न थालेका छन् ।
जिल्लाका ६ पालिका र ६१ वार्डमा दिन दिनै भएका कार्यक्रमहरुमा शिक्षकहरु विधालय नै छाडेर पार्टीका कार्यक्रममा सहभागी भएका देखिन्छन् । यस्तै पछिल्लो समय मालारानी–४ कालिका माध्यमिक विद्यालयका शिक्षक मणिराम खनाल र उमा खड्का तथा किरण माध्यमिक विद्यालय शिक्षक घनश्याम पाेख्रेल लगायतका शिक्षकहरु प्रचारमा हिंडेको भन्दै सामाजिक संजालमा आलोचना भएको छ ।
अर्घाखाँचीमा ५ दलिय गठबन्धन र एमालेले आफना चनावी प्रचार प्रसारका कार्यक्रम तिव्र परेका छन् ।