सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार भण्डारी र भुसाल को हुन् ?


अनिल नेपाली / अर्घाखाची डट्कम
सन्धिखर्क ।  सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद्का लागि नेपाली काँग्रेसबाट पुर्ब जिल्ला उपसभापति तथा लुम्विनी प्रदेश सदस्य शान्ता भण्डारीले उमेद्वारी दर्ता गराएकी छिन्  आन्तरिक रस्साकस्सी बीच भण्डारीले नगर प्रमुखको  पदका लागि यसपटक टिकटमा बाजी मारेकी हुन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका राजनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र हो । अर्घाखाँचीको मुख्य नाका र बजार क्षेत्र भएकाले पनि यसको प्रभाव अर्घाखाँचीको राजनीतिमा रहने गर्छ । त्यसैले सत्तारुढ गठबन्धन भएकोले सन्धिखर्क नगरपालिका जित्र्ने गरी तयारी समेत गठबन्धनले गरेको छ । 
भण्डारी बजार क्षेत्रमा प्रभाबशालि महिला नेतृको रुपमा लामो समयदेखि चिनिदै आउनुभएको छ । भण्डारी सामान्यतया २०४५ सालमा नेपाल विधार्थी सघ तत्कालिन रुपमा मैदानमा रहेको कृष्ण माविको ईकाई सदस्य हुदै राजातिनिकमा प्रबेश गरेकी भण्डारी २०५३ सालमा नेपाल महिला सघको जिल्ला सदस्य हुदै सक्रिय रुपमा काम गरी २०६४ सालमा नेपाल महिला सघको सचिब भएर ८ बर्ष सम्म चलाउनुको साथै अन्तरपार्टी महिला सञ्जालको जिल्ला सचिब र अध्यक्ष हुदै २०७१ सालमा नेपाल महिला सघको सभापति हुदै पार्टीको उपसभापति भएर ६ बर्ष सम्म पार्टीको महत्वपुर्ण जिम्मेबारी सम्माल्नुभयो ।
 भण्डारी हाल नेपाली काग्रेस लुम्विनी प्रदेश सदस्य हुनुहुन्छ भण्डारीे आफू राजनीतिमा मात्रै नभएर समाज सेवामा पनि सक्रिय भएकाले पनि चुनाव जित्ने विश्वास गनुहुन्छ । उहाँले आजसम्म आफुले कुनै  लाभको पद नलिएको बताउदै  यस पटक जनताको सेवा गर्ने मौका दिने विश्वास गनुभएको छ । भण्डारीले पार्टीको मतसँगै लोकप्रिय मत पनि आफ्नो पक्षमा आउने विश्वासमा गनुहुनुन्छ  । 
सन्धिखर्क नगरपालिकामा २०७४ सालको निर्वाचनमा पनि नेपाली काग्रेसले गठबन्धनको तर्फबाट बिजय समेत हासिल गरेको थियो  उहाँले आफुले यस  क्षेत्रमा बसेर मैले राजनीतिक र सामाजिक रुपमा जति योगदान गरेको छु यसबारे सबै जानकार हुनुहुन्छ, आम जनताको सुखदुःखको साथी बनेर बसेको छु, अझै जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा म ढुक्क छु । आफुले चुनाब जितेमा सन्धिखर्क नगरपालिकामा शिक्षा स्वास्थ्य कृषि पशुपालन पर्यटन भौतिक पुर्बाधार रोजगार लाई पहिलो प्राथकितामा राखेर काम गरेर सन्धिखर्क नगरपालिकामा स्वरोजगार अबसर सिर्जना गर्ने गरी निति कार्यक्रम ल्याउने बताउदै युबाहरुको विदेश पलायन रोक्नु नै अहिलेको मुख्य प्राथमिकताको बिषय रहेको बताइन् आफु महिलाहरुको नितिगत रुपमा क्षमता विकास गर्न व्यक्तिगत क्षमताको विकास गरेर हरेक महिलालाई सक्षम र दक्ष बनाउनको लागि आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् । गरिब र सामान्य परिबार परिबारमा जन्मिएर पनि जनताको सेबालाई पहिलो प्राथमिकता राख्ने भण्डारी शैक्षिक रुपमा राम्रो दख्खल राख्नुहुन्छ ।  
को हुन् सन्धिखर्क नगरपालिका उपमेयर पदका उम्मेदवार  भुसाल ?
उता गठबन्धनबाट सन्धिखर्क नगरपालिकाको नगर उपप्रमुख पदमा  माओबादी केन्द्रका जिल्ला सयोजक तथा प्रभाबशाली युबा नेता राजेन्द्र भुसालले आन्तरिक रक्साकस्सीका बिचमा टिकट पाउन सफल भएका छन् अर्घाखाँचीको मुख्य शहर जिल्लाको राजनितिकमा महत्वपुर्ण भुमिका खेल्ने हुदा उनले आफु चुनाब चित्नेमा आफु ढुक्क छन् 
अर्घाखाँची जिल्लामा लामो समयसम्म प्राविधिक स्कुलको स्थापना गरेर जिल्लाका हजारौँ जनतालाई रोजगारीको अबसर सिर्जना गरेर स्वरोजगारीको अबसर सिर्जना गरेका भुसाल विगत लामो समय देखि माओबादी केन्द्रमा आबद्धता रहेका छन्  भुसाल २०३९ सालमा मसालबाट राजनितिक सुरुवात गरेका भुसाल राष्ट्रिय जनमोर्चा हुदै माओबादी पार्टीमा आबद्ध रहदै आएका छन् भुसालले जिल्लाको पाणिनी बुहुमुखी क्याम्पसमा ईकाई सदस्यबाट राजनितिक सुरुबात गरेर २०५६ सालमा नेकपा माओबादीको एसिया सदस्य हुदै तत्कालिन रुपमा सन्धिखर्कको सदस्य हुदै पार्टीमा महत्वपुर्ण काम गदै छन् भुसालले जनयुद्ध कालमा  पछि शान्ति प्रक्रिया पछि पनि माओबादी पार्टीमा महत्वपुर्ण भुमिका निर्वाह गरेका भुसाल कार्यकर्ताको बिचमा निकै लोकप्रियता हासिल गरेका छन् । 
 सामान्य परिबार जन्मेर पनि सानै उमेर देखि नै समाज रुपान्तरण परिबर्तनलाई पहिलो प्राथमिकता ठानेर आफ्नो व्यक्तिगत कामलाई भन्दा समाज परिबर्तनलाई पहिलो प्राथमिकता ठान्ने भुसाल लामो समयसम्म सन्धिखर्क नगरपालिकाको अध्यक्ष इन्चार्ज भएर लामो समयसम्म काम गर्नु भएको छ । 
भुसाल हाल माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँचीको सयोजक हुनुहुन्छ गणित विषयमा स्नातकोत्तर पास गरेका भुसाल २२ बर्ष सम्म प्राविधिक शिक्षाको रुपमा लामो समयसम्म अध्यापन गराउदै आउनु भएको थियो । आफुले यसपालि चुनाब जितेमा शिक्षा स्वास्थ्य कृषि पशुपालन पर्यटन भौतिक पुर्बाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताए ।

अन्य समाचारहरु