अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदका लागि ५ दलिय गठबन्धन र नेकपा (एमाले) का उम्मेद्वारहरु चुनावी मैदानमा छन् ।
एमाले उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ट र गठबन्धनकी उम्मेद्वार शान्ता भण्डारी, तस्बिर: फेसबूक
यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन -२०७९ का लागि सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदमा ५ दलिय गठबन्धनले कांग्रेसकी शान्ता भण्डारी र एमालेले कृष्ण प्रसाद श्रेष्टलाई उठाएको छ । यस्तै नगर उपप्रमुख पदमा गठबन्धनले माओवादी केन्द्रका राजेन्द्र भुसाल र एमालेले मिश्रा आचार्यलाई उठाएको छ ।
यतिबेला यहाँ दलहरु भोट् माग्न गाउँ- गाउँमा पसेका छन् । सन्धिखर्कको मेयर र उपमेयर पदमा कसले हार्छ र कसले जित्छ भनेर टोल – टोल, चोक- चोकमा अंक गणित, बहस चलाएको देखिन्छ ।
२०७४ सालको स्थानिय चुनावको मत आधार
यहाँ हामीले गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा दलले पाएको मतलाई आधार बनाएर यो पाली कसले जित्ला भन्ने फ्याक्ट चेक गरेका छौ ।
२०७४ सालको स्थानिय चुनावमा सन्धिखर्क नगरपालिकाको कुल मतदाता २४,६४२ मा खसेको मत १७,६७४ थियो । अर्थात ७१.७२% । यहाँ कांग्रेस, माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस कमलप्रसाद भूसालले ८२३० मत ल्याएर विजयी भएका थिए । एमाले कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत, राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेलले ५७८ मत, नेपाल परिवार दल डिल्ली राजले १० मत राप्रपा धुर्व भुसालले १६५ मत, एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) ले ११ मत नयाँ शक्ति नेपाल यमुना भुसालले ६८ मत ल्याएका थिए ।
जनमत
भूसालले ११०३ मत बढी ल्याई विजयी भएका थिए । २०७४ सालमा दलहरु पाएको मतलाई जोड्दा अहिलेको ५ दलिय गठबन्धनसँग ८८७६ मत र एमालेसँग ७१२७ मत रहेको देखिन्छ । यसको मतलब गठबन्धनसँग १७४९ मत बढी छ । गत ५ वर्षको अवधिमा एमाले र माओवादी केन्द्रमा विभाजन आएको छ । एमाले फुटेपछि एकीकृत समाजवादीसँग कति जनमत छ भन्ने अनुमान त गर्न सकिदैन । यस्तै टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का लगायतका शक्तिशाली नेताहरु एमालेमा लागेपछि अहिले माओवादी केन्द्रमा पनि कति जनमत छ भन्ने अनुमान त गर्न सकिदैन ।
माथि २०७४ सालको मतलाई आधार मान्ने हो भने यो ५ वर्षको अवधिमा एमालेमा १७४९ मत थपिए होलान त ? हो पकै पनि थपिएका छन्, टोपबहादुर, चन्द्रबहादुर पक्षको जनमत। अनुमान गर्न गार्हो छ तर एमालेमा १७४९ मत भन्दा बढी नै थपिएका छन् ।
उता यस सन्धिखर्क नगरपालिकामा एमाले फुटपछि एकीकृत समाजवादीमा कति जनमत छ त । अनुमान गर्न गार्हो छ तर एकीकृत समाजवादीमा जनमत भने राष्ट्रिय जनमोर्चा भन्दा कम नै देखिन्छ । यसको मतलब एमाले अहिले पनि गठबन्धन बराबर छ ।
साथै यो बीचमा एमाले र गठबन्धन दलहरुले के कति पार्टी प्रवेश गराए। त्यसलाई आधार मानेर कसले चुनाव जित्ला भन्न गार्हो छ ।
सम्भावना उस्तै
समग्रमा टोपबहादुर, चन्द्रबहादुर लगायतका नेताहरु एमालेमा रहनु, फुटपछि एकीकृत समाजवादीमा सोचेजस्तो जनमत नजानु नै सन्धिखर्क नगरपालिकाको मेयर पदमा एमालेका कृष्ण प्रसाद श्रेष्टले जित्न नसक्लान भन्न सकिदैन । भने गठबन्धनमा कांग्रेसको जनमतमा फरक नपर्नु, नगरमा राम्रो जनमत भएका दलहरु एक भएका कारण ५ दलिय गठबन्धनकी शान्ता भण्डारीले जित्न सक्ने सम्भावना पनि बलियो देखिन्छ ।
स्थानिय तहको निर्वाचन -२०७४
सन्धिखर्क नगरपालिका (कुल मतदाता २४,६४२ मा खसेको मत: १७,६७४ – ७१.७२% )
मेयर
नेपाली कांग्रेस कमलप्रसाद भूसाल – ८२३० मत (विजयी)
एमाले कृष्णप्रसाद श्रेष्ठ – ७१२७ मत
राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल – ५७८ मत
नेपाल परिवार दल डिल्ली राज – १० मत
राप्रपा धुर्व भुसाल- १६५ मत
एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) – ११ मत
नयाँ शक्ति नेपाल यमुना भुसाल- ६८ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र ठाकुरकुमार बिक – ७३६५ मत (विजयी)
एमाले ईश्वरा पोखरेल – ६४०४ मत
राष्ट्रिय जनमोर्चा पशुपति ढकाल- ७४१ मत
नयाँ शक्ति नेपाल टोपलाल बलाल- १३८ मत
राप्रपा सुनिता गिरी- ९० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १२)
१ वार्डबाट एमाले युबराज बन्जाडे (विजयी)
२ वार्डबाट एमाले मोतिजंग रायमाझी वन्जाडे ६४५ मत (विजयी)
३ वार्डबाट नेपाली कांग्रेस लिला गौतम (बिजयी)
४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ) (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल (विजयी)
६ वार्डबाट नेपाली कांग्रेस कृष्ण बहादुर आचार्य ( विजयी)
७ वार्डबाट नेपाली कांग्रेस पृतम थापा ७०७ मत (बिजयी)
८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल (बिजयी)
९ वार्डबाट माओवादी केन्द्रका देवी बहादुर रायमाझी ( विजयी)
१० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली (विजयी)
११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्य ६३२ मत (बिजयी)
१२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्का (विजयी)