केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची । एकीकृत समाजबादिका नेता तथा सन्धिखर्क वार्ड न २ का वार्ड अध्यक्षका प्रत्यासी योगेन्द्र खड्काले एमाले भ्रमको खेती गर्ने पार्टी भएको आरोप लगाएका छन । आज अर्घाखाँची डटकमको स्थानिय चुनाव विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
आफू बिगतमा एमालेमै राजनिती गरेको हुनाले उनिहरु कति सम्म भ्रमको खेती गर्न सक्छन भन्ने कुरामा जानकार भएको उनले उल्लेख गरे ।
एमाले नेतृत्वको वार्ड समितिले बिगत पाच बर्षमा केही नगरेको तर निर्वाचनको समयमा गाउगाउमा बाटो तथा नालीहरु फिताले नाप्दै हिडेको उनले बताए । जनताको आंखामा भ्रम छर्न एमालेहरुले डायरिमा नोट गर्दै हिडेको उनले बताए ।
गठबन्धनको तर्फबाट एकीकृत समाजबादिको नेतृत्वमा चुनाव लडेका खडका आफुले जित्ने दावी गरे । उनी आफू जनताको दुख सुख संग भिजेको सबै समस्या संग जानकार रहेकोले वार्डबासिले आफुलाइ सेवा गर्ने अवसर दिनेमा ढुक्क रहेको बताए ।
कुराकानिकै क्रममा मतदाताहरुलाइ कुनै भ्रम र क्षणिक प्रलोभनमा नपर्न उनले अनुरोध गरे । आफू निर्वाचित भएपछी कुनै भ्रष्टाचार गर्न आबस्यक नरहेको दावी गर्दै उनले आफुलाइ दैनिकी चलाउन आफ्नै ब्यबसाय भएकोले जनताको पसिनाको रकममा कुनै आँखा नलगाउने र पारदर्शी रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।