दीपेन्द्र पौडेल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ नुवाकोटको हटिया बजारमा रहेको श्री महेन्द्र आधारभुत विधालयको भवन पुरानो जीर्ण हुँदा बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य भएका छन् ।
नुवाकोट स्थित हटिया बजारमा रहेको श्री महेन्द्र आधारभुत विधालयको भवन पुरानो जीर्ण हुँदा बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य भएका हुन् ।
यहाँ विधार्थीहरुलाई पुरानो जीर्ण चर्काएको भवनभित्र बसेर शिक्षण गर्न समस्या परेको छ । गएको ५ वर्षसम्म नगर प्रमुख, उप प्रमुख र ८ का वार्ड अध्यक्ष लगायत सबैले उदासीनता देखाउदा विधालय लामो समयसम्म मर्मत हुन सकेको छैन् ।
वि.स. २०१८ मा स्थापना भएको यस विधालयको भवनको जग पहिरोले लगेको छ । उक्त भवन जतिबेला पनि ढल्न सक्छ । यस्तै बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य जिल्ला शिक्षा समन्वय इकाई लगायतका निकाय पनि मौन देखिन्छन् ।
उता नगरपालिकाबाट विभिन्न शिर्षक मा ५ लाख बजेटबाट विद्यालय परिसरमा पर्खाल निर्माण भैरहेको भनेता पनि विधालयको पछाडिको भाग जीर्ण भएको छ । भने विधार्थीहरुलाई जोखिम उतिकै छ ।
बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि यहाँ मतदान केन्द्र तोकिएको छ । तर यस विधालयको भौतिक अवस्थामा अहिलेसम्म सुधार आउन सकेको छैन् ।